पोखरा । पोखरा महानगरपालिकाले आगामी आर्थिक वर्षका लागि ८ अर्ब ३५ करोड १२ लाख बराबरको बजेट प्रस्तुत गरेको छ । आइतबार पोखरा महमानगरपालिकाको १७ औं नगरसभामा उपप्रमुख मञ्जुदेवी गुरुङले आगामी आवको लागि उक्त रकम बराबरको बजेट प्रस्तुत गरेकी हुन् ।
बजेटको खर्च व्यहोर्ने स्रोतमा संघीय सरकार सशर्त अनुदानबाट ३ अर्ब १३ करोड १२ लाख रहेको छ । आन्तरिक आयबाट ५ अर्ब २२ करोड व्यहोरिने छ ।
खर्च केन्द्रगत रुपमा नगर कार्यपालिकाको कार्यालयतर्फ ९५ करोड अर्थात् १८.१५ प्रतिशत, सामाजिक विकासतर्फ ३८ करोड अर्थात् ७.२८ प्रतिशत, आर्थिक विकासतर्फ १८ करोड अर्थात् ३.४५ प्रतिशत, वडा कार्यालयतर्फ १ अर्ब अर्थात् १९.१६ प्रतिशत, पूर्वाधारतर्फ २ अर्ब ३३ करोड अर्थात् ४४.६४ प्रतिशत, शहरी विकास पर्यटन वन तथा वातावरणतर्फ ३८ करोड अर्थात् ७.२८ प्रतिशत बजेट प्रस्ताव गरिएको छ ।
आन्तरिक राजश्व परिचालनतर्फ ३ अर्ब २३ करोड ७२ लाख २७ हजार अर्थात् ६१.८६ प्रतिशत रहेको छ । स्थानीय राजश्व बाँडफाँडबाट १ अर्ब १ करोड १९ लाख १४ हजार अर्थात् १९.३३ प्रतिशत, प्रदेश राजश्व बाँडफाँडबाट ४ करोड २८ लाख ७२ हजार अर्थात् ०.८० प्रतिशत, संघीय राजश्व बाँडफाँडबाट ३३ करोड ८ लाख ४० हजार अर्थात् ६.३२ प्रतिशत, संघीय समानीकरण अनुदानबाट ५२ करोड ८७ लाख अर्थात् १०.१० प्रतिशत, प्रदेश अनुदानबाट ८ करोड १५ लाख ४६ हजार अर्थात् १.५५ प्रतिशत ब्यहोरिने उपप्रमुख गुरुङले बताइन् ।
बजेटले पर्यटकीय राजधानी पोखराको पर्यटकीय पूर्वाधारको विकास, उत्पादनमूलक व्यावसायिक कृषि प्रणालीको विकास, समानुपातिक विकास प्रक्रिया अवलम्बन, फोहोरमैलाको वैज्ञानिक व्यवस्थापन मार्फत प्रदूषण नियन्त्रण, सार्वजनिक सम्पत्तिको संरक्षण गर्दै उत्पादनशील उपयोग, सभ्य, सुसंस्कृत र व्यवस्थित शहरीकरणको विकास लगायतलाई प्राथमिकता दिएको छ ।
साथै, सामाजिक न्याय, लैंगिक समावेशीकरण र सहभागितामूलक विकासका माध्यमबाट समतामुलक समाजको निर्माण, आधारभूत शिक्षा र स्वास्थ्य सेवाको प्रत्याभूत गर्ने लगायत रहेका छन् । साथै, हरित, उत्थानशील र दिगो पूर्वाधार विकासमा जोड दिने, पर्यटन प्रवद्र्धन
वातावरण संरक्षण, सम्वद्र्धन तथा फोहोरमैला व्यवस्थापन, समावेशी, सन्तुलित र समतामूलक विकास, संस्थागत विकास, सुशासन प्रवद्र्धन तथा गुणस्तरीय सेवा प्रवाह,
स्वरोजगार, उद्यमशीलता तथा व्यवसायिक कृषि प्रणालीको प्रवद्र्धन, गुणस्तरीय, जवाफदेही र प्रतिस्पधी मावनस्रोत विकासमा जोड दिइएको छ ।
त्यसअघि, महानगर प्रमुख धनराज आचार्यले आगामी आवको नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए । देशका ६ वटा महानगरमध्ये पोखरा क्षेत्रफल आधारमा सबैभन्दा ठूलो महानगर हो ।






