पर्सा गएका मजदुरमा कोरोना भेटिएपछि गलकोटमा उच्च सतर्कता

पोखरा । बागलुङको गलकोटमा कार्यरत मजदुरमध्ये १४ जना पर्सामा कोरोना संक्रमित देखिएपछि गलकोटमा उच्च सतर्कता अपनाइएको छ । सो घटनालाई लिएर बुधबार बसेको विपद् व्यवस्थापन समितिको बैठकले नाकामा कडाई गर्ने तथा कन्ट्याक्ट टे«सिङ तत्काल लिने निर्णय गरेको छ ।

बागलुङ सदरमुकामदेखि गाडीमा २ घण्टा पश्चिममा पर्ने गलकोट जिल्लाको तेस्रो ठूलो व्यापारिक केन्द्र मानिन्छ । पर्सा लगायत जिल्लाका मानिसहरु गलकोटमा मजदुरी गर्दै आएका थिए । उनीहरुले लामो समयको लकडाउनले आफूहरुलाई समस्या परेको भन्दै नगरपालिकासमक्ष बिन्ती बिसाएपछि नगरपालिकाले ११ वैशाखमा २ वटा गाडी बस्तोबस्त गरी उद्धार गरेको थियो ।

नवराज रेग्मी चालक रहेको बा ३ ख ९३०९ र ईश्वर क्षेत्री चालक रहेको बा ४ ख ५७९० नम्बरको २ वटा बसमा कुल ७९ जना मानिस चढेका थिए । जसमध्ये बा ३ ख ९३०९ नम्बरको गाडीमा ३९ जना र अर्कोमा ४० जना मानिस थिए । यद्यपि, कोरोना संक्रमित भेटिएका १४ जना बाँडिएर दुवै गाडीमा रहेको हुँदा को–कुन गाडीमा थिए भन्ने यकिन हुन सकेको छैन ।

विपत् व्यवस्थापन समितिको बैठकपछि नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत शिशिर पौडेलले भने, ‘यहाँ कार्यरत मजदुर पर्सामा संक्रमित देखिएपछि उच्च सतर्कता अपनाउने, नाकामा कडाइ गर्ने र ती मजदुरको सम्पर्कमा आएकाहरुको तत्काल पहिचान गरिने भएको छ ।’

पौडेलका अनुसार ती मजदुरहरुमध्ये केही निर्माणाधीन हरिचौर स्वास्थ्य चौकीमा कार्यरत थिए । यस्तै केही फर्निचर उद्योग, ग्यारेज, सडक लगायतमा कार्यरत थिए भने कोही चना–चटपट बेच्थे । उनीहरु ११ वैशाख साँझ हटियाबाट गाडी चढेर पोखरा हुँदै पर्सातर्फ लागेका थिए । पर्साको छिपहरमाई नगरपालिकाका मात्रै २९ जना थिए । त्यसबाहेक रौतहट र बारा जिल्लाका पनि थिए ।

ती मजदुर बागलुङमै रहँदा संक्रमित थिए वा पर्सामा संक्रमित भए भन्ने’boutमा यकिन हुन सकेको छैन । बुधबारको बैठकमा सहभागीमध्ये अधिकांशले उनीहरु (मजदुर) गलकोटमा रहँदा शारीरिक स्वास्थ्य अवस्था सामान्य रहेको हुँदा यहाँ संक्रमित हुने सम्भावना नरहेको बताएका थिए ।
यसैबीच, बागलुङका प्रमुख जिल्ला अधिकारी गौलोचन सैँजूले बागलुङमा यसअघि पनि २ जनामा कोरोना संक्रमण देखिएपछि उच्च सतर्कता अपनाउँदै आइएकोमा पछिल्लो केसले ध्यानाकर्षण भएको जनाए । उनले सम्बन्धित गलकोट नगरपालिकामा उच्च सतर्कता अपनाउन निर्देशन दिइएको बताए ।

बागलुङबाट पर्सा हिडेका उनीहरुलाई भने पोखरा आएपछि कास्की प्रशासनले रोकेको थियो । एक रात पोखरामै गाडीमा बिताएका उनीहरु बाटोमा अलपत्र परेपछि सम्बन्धित छिपहरमाई गाउँपालिका अध्यक्षसँग टेलिफोन कुराकानीमा क्वारेन्टाइन व्यवस्था भए पठाउने भनिएपछि कास्कीले अनुमति दिएको थियो । बागलुङबाट हिडेको तेस्रो दिन अर्थात १३ वैशाखमा मात्र उनीहरु पर्सा पुगेका थिए । र, जिल्लाको मंगल माविमा निर्माण गरिएको क्वारेन्टाइनमा राखिएको थियो । निर्माणको काममा रहेका बेला मजदुरहरु विभिन्न समूहमा रहेकोले समुदायको सम्पर्कमा नआएको र निकै कम व्यक्तिसँग मात्र सम्पर्क हुन सक्ने गलकोट नगरपालिकाको दाबी छ ।

पर्साको छिपहरमाई गाउँपालिकाको क्वारेन्टाँइनमा बसेका ६२ मध्ये १४ जनामा मंगलबार कोरोना संक्रमण पुष्टि भएको थियो । क्वारेन्टाइनमा राख्ने बेला नै १ जनामा उच्च ज्वरो देखिएकोले सम्बन्धित गाउँपालिका अध्यक्षकै पहलमा विशेष निगरानीमा क्वारेन्टाइन राखिएको समाचार छ ।
गण्डकी प्रदेशअन्तर्गत बागलुङमै २ जनामा कोरोना संक्रमण देखिएकोमा उनीहरु दुवैजना निको भइ घर फर्किसकेका छन् । प्रदेश राजधानी पोखरा भने कोरोना संक्रमणबाट हालसम्म जोगिएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 170 times, 1 visits today)

Ads Space Available

epaper

राजधानी दैनिकमा वार्षिक ग्राहक न्यानो उपहार योजना

भर्खरै

सिद्धबाबा सुरुङमार्ग ‘ब्रेक थ्रु’को अन्तिम तयारी

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
भरतपुर ९ मा एकीकृत समाजवादी विजयी