फिफाको ‘दि बेस्ट’ अवार्ड यो वर्ष नहुने

जुरिच । विश्व फुटबलको निकाय (फिफा)ले हरेक वर्ष आयोजना हँदै आएको ‘दि बेस्ट’ अवार्ड यो वर्ष नहुने घोषणा गरेको छ । कोरोना भाइरस (कोभिड–१९)को प्रभाव कम नभएपछि फिफाले आगमी सेप्टेम्बरका लागि तय भएको अवार्ड कार्यक्रम रद्द गरिने घोषणा गरेको हो । तालिकाअनुसार यो वर्षको अवार्ड इटालीमा हुने तालिका थियो । जहाँ हरेक वर्ष उत्कृष्ट खेलाडीलाई यो अवार्ड प्रदान गरिन्छ । अवार्ड नै नहुने भएपछि यो वर्षको सूची खाली हुने भएको छ । फिफाले कोरोनाका कारण सबै प्रतियोगिता एकपछि अर्को गरी स्थगित भएको अवस्थामा उत्कृष्ट खेलाडीको अवार्ड आयोजना गर्नु उचित नभएको बताएका छन् ।

विगतका वर्षमा जस्तै यो वर्ष पनि आधुनिक फुटबलका दुई हस्ती अर्जेन्टिनी लियोनेल मेस्सी र पोर्चुगिज क्रिस्टियानो रोनाल्डोबीच उत्कृष्ट खेलाडीको प्रतिस्पर्धा हुने अनुमान गरिएको थियो ।

फिफाले कोरोना भाइरसकै कारण यसअघि यू–२० र यू–१७ महिला विश्वकप स्थगित गरिसकेको छ । २०२१ हुने फुटसल विश्वकप पनि स्थगित गरिसकेको छ । अहिलेसम्म फिफाले स्थगित नगरेको प्रतियोगिता क्लब विश्वकप रहेको छ । जुन आबुधाबीमा डिसेम्बरमा हुनेछ । यस्तै, वर्षको उत्कृष्ट खेलाडीले पाउने युरोपियन गोल्डेन बुट अवार्ड र बालोन डि ओर पनि यो वर्ष नहुने शंका बढेको छ ।

फिफा दि बेस्ट अवार्ड २०१६ बाट सुरु भएको हो । दि बेस्ट अवार्डको पुरुषतर्फ पोर्चुगिज तथा इटालियन क्लब युभेन्टसका क्रिस्टियानो रोनाल्डोले दुईपटक तथा अर्जेन्टिना तथा स्पेनिस क्लब बार्सिलोनाका लियोनेल मेस्सी र क्रोएसिया तथा स्पेनिस क्लब रियल म्याड्रिडका लुका मोड्रिचले समान एकपटक यो अवार्ड जितेका छन् । रोनाल्डोले पहिलो र दोस्रो संस्करणमा यो अवार्ड जित्दा तेस्रोमा मोड्रिच र चौथोमा मेस्सीले यो अवार्ड आत पार्न सफल भएका थिए । सबै चारै संस्करणमा रोनाल्डो र मेस्सी शीर्ष तीनमा समेटिएका छन् ।

२०१० मा फिफा वल्ड प्लेयर अफ दि इयर र बालोन डिओर मर्ज भएपछि ६ वर्षसम्म फिफा बालोन डिओरबाट अवार्ड प्रदान गरिँदै आएको थियो । तर, २०१६ मा यी दुई अवार्ड अलग भएको थियो ।

यो अवार्डमा दि बेस्ट फिफा पुरुष खेलाडी, महिला खेलाडी, उत्कृष्ट गोलरक्षक, उत्कृष्ट प्रशिक्षक, ‘ड्रिम टिम, फेयर प्ले अवार्ड, फिफा पुस्कास अवार्ड फ्यान अवार्ड र आउटस्ट्यान्डिङ करियरको विधामा अवार्ड प्रदान गरिँदै आएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 200 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

जनताको दिमाग कब्जा !

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
कांग्रेस पहिलाे पार्टी, २५२ पालिका प्रमुखमा विजयी