थप ३ जनामा कोरोना संक्रमण, नेपालमा संक्रमितको संख्या २४९ पुग्यो

काठमाडौं । आज थप तीन जनामा कोरोना सङ्क्रमण देखिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौँमा गरिएको परीक्षणमा नयाँ तीन जनामा सङ्क्रमण देखिएको हो ।

संक्रमितहरुमा काठमाडौँ दहचोक निवासी सात वर्षीय बालक, धनुषाको जनकपुर उपमहानगरपालिका निवासी १७ वर्षीया महिला र धादिङ निवासी ३० वर्षीया महिला रहेको मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीले बताएका छन् ।

योसँगै सङ्क्रमितको सङ्ख्या २४९ पुगेको छ । यसअघि आज बिहान दुई जनामा सङ्क्रमण देखिएको थियो । आज मात्र पाँच जना नयाँ सङ्क्रमित भेटिएका हुन् ।

तपाइको प्रतिक्रिया
(Visited 268 times, 1 visits today)

epaper

ताजा समाचार

गीत गाएकै भरमा प्रहरीको दमन सम्झेर भावुक भए कलाकार