काठमाडौं । कोरोना संक्रमणबाट काठमाडौंको चन्द्रागिरि नगरपालिका सर्वाधिक प्रभावित बनेको छ । यहाँ एक साताको बीचमै ६ चन्द्रागिरी नगरपालिका चार दिनका लागि सिल गरिएको छ ।
नगरपालिका क्षेत्रलाई आज (शनिबार) दिउँसो १२ बजेदेखि ७ जेठको बिहान ६ बजेसम्मका लागि सिल गरिएको हो । नगरप्रमुख धनश्याम गिरीले ७ जेठसम्म स्थानीयलाई घर बाहिर हिँडडुल गर्न रोक लगाइएको बताए । उनले अत्यावश्यक कामले हिँडडुल गर्नुपरे सामाजिक दूरी कायम गरी माक्स र पञ्जा लगाएर मात्र हिँड्न भनेको बताए ।
चन्द्रागिरि नगरपालिकामा हालसम्म मच्छेगाउँ, दहचोक, बलम्बु, सतुंगलमा एक एक र दुई जना सशस्त्र प्रहरीमा कोरोना संक्रमण पुष्टि भएको छ ।
तपाइको प्रतिक्रिया
(Visited 292 times, 1 visits today)






