काठमाडौं । घर परिवारलाई सुख दिने सपना बोकेर १५ बर्ष अघि वैदेशिकका लागि मलेसिया पुगेका इलाम फाक्फोकथुम गाउँपालिका–४ का डम्बर कुमार मगरको मलेसियामा मृत्यो भयो। मलेसियाको पेनाङमा कार्यरत मगरको गत महिना श्रावण १५ गते उपचारको क्रममा असामाहिक निधन भएको भयो।
१३ वर्षदेखि मलेसियामा गैरकानुनी रुमपा काम गर्दै आएकाले शव नेपाल पठाउन समस्य भएपछि जनउद्धार केन्द्रको सहयोगमा मलेसियामै अन्तिम दाहसंस्कार गरिएको हो। परिवारको अनुमति तथा दूतावासको स्वीकृती पछि जनउद्धार केन्द्र मलेसियाले सम्पूर्ण ब्यबस्थापन सहित अन्तिम संस्कार गरिएको केन्द्रका अध्यक्ष केशु थापाले जानकारी दिए ।
केन्द्रका अध्यक्ष थापाका अनुसार नेपाली परम्परा अनुसार नै मगरको अन्तिम संस्कार गरिएको बताए । उनको बिद्धुतिय शबदाह गृहमा अन्तिम संस्कार गरिएको छ। उनको घर परिवारले शव नेपाल ल्याउन आर्थिक अभाव भएको भनेर नेपाली दूतावासलाई पत्र पठाएपछि प्रक्रिया अगाडी बढेको थियो ।
उनको उपचारकै क्रममा पेनाङ हस्पिटलमा मृत्यु भएको थियो। उनी उच्च रक्तचाप र मधुमेहका रोगका कारण विगत लामो समय देखि बिरामी परेका थिए। उनका श्रीमती, दुई छोरी र एक छोरा रहेको बताईएको छ।
उनको अन्तिम संस्कार गर्न पुगेका जनउद्धार केन्द्रका वरिष्ठ उपाध्याय विराज पुनले विदेशी भूमिमा यसरी ज्यान गुमाउनु दुखद भएको भन्दै कोहि कसैलाई पनि गैरकानुनी रुपमा बसेर मलेसियामा काम नगर्न अनुरोध गरे। जनउद्धार केन्द्र मलेसिया मृतकको अन्तिम संस्कार गर्ने मात्र नभएर बिरामी परेका वा अलपत्र परेका नेपाली श्रमिकहरुको सारथी बनिरहेको छ।
गैरकानुनी रूपमा बसेकाले बिरामी परेमा अस्पतालले भर्ना लिन नमान्ने, सामाजिक सुरक्षा कोष (सोक्सो)ले सहयोग नगर्ने तथा इमिग्रेसनले पक्राउ गरेको अवस्थामा करिब तीन महिनासम्म जेल कैद सजाय हुने र जेल सजायपछि डिपोर्ट गरिदिने व्यवस्था छ ।
गैरकानुनी रुपमा बस्दा श्रम स्वीकृति म्याद नाउने र मृत्यु वा बिरामी परेको खण्डमा दूतावासले पनि शव नेपाल पठाउन लाग्ने खर्च नबेहोर्ने हुँदा धेरैको शवहरु विदेशमा अलपत्र पर्ने गरेको छ । कतिको शव स्वदेश फर्काउन आर्थिक अभाव हुदा विदेशमै अन्तिम संस्कार समेत गर्ने गरेका छन् ।






