डा. महतो एनआरएन एकता महाधिवेशनमा मात्र सहभागी हुने

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए)का संस्थापक अध्यक्ष डा. उपेन्द्र महतोले बास्तविक एकताको महाधिवेशनबाहेक अरू कुनै पनि महाधिवेशनको नाममा आफ्नो नाम समावेश नगर्न आग्रह गरेका छन् । वास्तविक एकताको महाधिवेशनबाहेक अरू महाधिवेशनमा आफू सहभागी नहुने समेत उनले स्पष्ट पारेका छन् ।

शनिबार विज्ञप्ती जारी गर्दै डा. महतोले अभियानलाई विचलित पार्नेगरी हुने कुनै पनि महाअधिवेशन एकताको महाधिवेशन नहुने भन्दै वास्तविक एकताको महाधिवेशनबाहेक आफ्नो नाम कतै पनि समावेश नगर्न अपिल गरेका हुन् ।

डा. महतोले वास्तविक एकताको महाधिवेशनको लागि आफ्नो साथ, सहभागिता र समर्थन रहने विश्वास दिलाएका छन् । ‘गैरआवासीय नेपाली संघ संस्थामात्र होइन, अभियान पनि हो । यो अभियानलाई विचलित पार्ने गरी हुने कुनै पनि अधिवेशन एकताको महाधिवेशन हुन नसक्ने भएकोले बास्तविक एकताको महाधिवेशनबाहेक अरू कुनै पनि महाधिवेशनको नाममा मेरो नाम समावेश नगरिदिन सबै पक्षलाई आग्रह गर्दछु । संघको गरिमा बढाउनेगरि हुने बास्तविक एकताको महाधिवेशनमा भने मेरो संलग्नता रहनेछ । यसको लागि मैले खेल्नुपर्ने जस्तोसुकै भूमिका र गर्नुपर्ने सहयोगको लागि म तयार रहेको जानकारी गराउन चाहन्छु,’ डा. महतोले लेखेका छन् ।

विदेशमा सिकेका ज्ञान, सीप, पुँजी र प्रविधिलाई मातृभूमि नेपालको विकासका लागि सदुपयोग गर्दै समृद्ध नेपाल बनाउने सपनासाथ २२ वर्ष पहिले सुरू गरेको गैरआवासीय नेपाली संघले अहिले विषम परिस्थितिको सामना उनले जनाएका छन् ।

पछिल्लो समयमा यो अभियानको मूल मर्ममाथि प्रहार भइरहेको जनाउदै उनले सम्मानित सर्वोच्च अदालतको निर्णयको मर्मअनुरुप वास्तविक एकताको महाधिवेशनको सम्भावना हुँदाहुँदै पनि केही व्यक्तिको हठ र गलत बुझाइको कारण त्यो सम्भव हुन नसकेको बुझाई महतोको छ ।

साथै उनले गैरआवासीय नेपाली अभियानलाई चीरस्थायी बनाउन अनावश्यक हठ त्यागेर मेलमिलापको वातावरण बनाउन आह्वान समेत गरेका छन् ।

तपाइको प्रतिक्रिया
(Visited 94 times, 1 visits today)

epaper

ताजा समाचार

विष्णुमतीपछि बागमती नदीले पनि जल सतह सतर्कता तह पार गर्‍यो, बिहानसम्म उच्च सतर्क रहन अनुरोध