सपना बोकेर हिडेको राम मलेशियामा अस्ताए

सप्तरी । आर्थिक संकटले परिवार पाल्न समस्या भएपछि रोजगारीका लागि मलेशिया पुगेका एक युवकको आइतबार राति मृत्यु भएको छ । सप्तरीको रुपनी गाउँपालिका २ हरिरावा टोलका ३२ वर्षिय दिपककुमार रामको मृत्यु भएको हो ।

मलेशियास्थित एक प्लास्टिक फ्याक्ट्रिमा लेवरको पदमा कार्यरत उनको अचानक स्वास्थ्य अवस्था बिग्रेको र उपचारका लागि अस्पताल लादालादै बाटोमै मृत्यु भएको भनी मलेशियामा रहेका उनका साथीहरुबाट जानकारी प्राप्त भएको परिवारजनले जनाएको छ ।

वडाअध्यक्ष सरोजकुमार यादवका अनुसार राम चार वर्षअघि रोजगारीका शिलशिलामा मलेशिया गएका थिए । सानै उमेरमा आमाबुबा गुमाएका रामको ६ वर्षअघि मात्र विवाह भएको थियो ।

पुरानो ऋणको भार र थपिएको जिम्मेवारीसँगै बढ्ेदो खर्च धान्न समस्या भएपछी उनी गाउँका साहु महाजनसँग थप ऋण जुटाएर मलेशिया पुगेका थिए । त्यहाबाट केही पैसा जोडेर फर्कने तथा ऋण चुक्ता, परिवारको लालनपालन र दुई सन्तानको शिक्षादिक्षा सहज बनाउने सपना बोकेर विदेशिएका रामको मृत्युको खबरले परिवारजन शोकमा डुबेका छन् ।

२८ वर्षिया पत्नी रेणु श्रीमानको मृत्युको खबर पाएदेखी नै छिनछिनमै बेहोस हुने गरेकी छिन् । उनलाई सम्हाल्न आफन्त र छरछिमेकका महिलालाई हम्मेहम्मे भएको छ । भएको एक मात्र सन्तान गुमाएपछी परिवारका सम्पूर्ण सदस्य विक्षिप्त छन् ।

वडाअध्यक्ष यादवले मलेशियाबाट रामको शव ल्याउन गाउँपालिका कार्यालयले प्रदेश र संघीय सरकारसँग सहयोगका लागि पहल थालेको बताए । सप्तरीबाट आर्थिक वर्ष २०८०–८१ मा बैदेशिक रोजगारीका लागि गएका मध्ये २९ जना तथा २०८१–८२ मा २५ जनाले विदेशी भूमीमा ज्यान गुमाएको सुरक्षित आप्रवासन (सामी) परियोजनाको तथ्याङ्कले देखाएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 162 times, 1 visits today)

epaper

ताजा समाचार

डा.गोविन्द केसीको सत्याग्रहमा सरकारको परीक्षा, आफ्नै प्रतिबद्धता कार्यान्वयन गर्न रास्वपालाई चुनौती