कलैयामा प्रहरी जवानलाई कोरोना संक्रमण

बारा । जिल्ला प्रहरी कार्यलय कलैयामा कार्यरत एक जना प्रहरी जवानमा कोरोन संक्रमण देखिएको छ ।

जिल्ला प्रहरी कार्यलयको मुद्धा फाटमा कार्यरत प्रहरीको कोरोना चेकजाँच गर्दा कोरोना पोजेटिभ देखिएको प्रमुख जिल्ला अधिकारी रुद्र प्रसाद पण्डितले जानकारी दिए ।

उनलाई ज्वारो आएपछि बीरगञ्जमा कोरोनाको चेकजाँच गरिएको थियो । अहिले जिल्ला प्रहरी कार्यलयलाई सेनिटाईज गर्ने काम भईरहेको छ ।

अहिले संक्रमित प्रहरीको सम्पर्कमा रहेका अन्यको कन्ट्याक्ट टेस्टिङ्ग गर्ने काम भईरहेको प्रजिअ पण्डितले जानकारी दिए । कोरोना पोजेटिभ भेटिएका प्रहरीलाई आईसोलसनमा राखिएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 216 times, 1 visits today)

epaper

ताजा समाचार

डा.गोविन्द केसीको सत्याग्रहमा सरकारको परीक्षा, आफ्नै प्रतिबद्धता कार्यान्वयन गर्न रास्वपालाई चुनौती