ललितपुर । ललितपुरका ३ वटा स्थानीय तहमा कोरोना भाइरसका ६ जना संक्रमित भएको आशंकामा आइसोलेसनमा राखिएको छ । स्वास्थ्य कार्यालय ललितपुरले गरेको ¥यापीड डाइग्नोष्टिक टेष्ट (आरडिटी) परिक्षणका क्रममा ती ६ जनाको रिर्पोट पोजेटिभ आएपछि उनीहरुको पिसिआर परिक्षण गरिएको छ ।
कोन्ज्योसोम गाउँपालिका, महाङ्काल गाउँपालिका र ललितपुर महानगरपालिकामा २–२ जना गरी ६ जनामा आरडिटी परिक्षणमा पोजेटिभ आएको स्वास्थ्य कार्यालय लतिपुरका प्रमुख डा खगेश्वर गेलालले जानकारी दिए । उनका अनुसार कोन्ज्योसोम गाउँपालिकामा पछिल्लो पटक १ सय ३६ जनाको आरडिटी र ६० जनाको पिसीआर परिक्षण गरिएको छ र्। आरडिटी पोजेटिभ आएका २ जनाको लगत्तै पिसिआर परिक्षणका लागि स्वाब लिइएको छ , उनले भने , ‘उनीहरुलाई स्वास्थ्यकर्मीको निगरानीमा सेल्फ क्’boutन्टाइनमा राखिएको छ ।’
महाङ्काल गाउँपालिकामा शनिबार १ सय ३८ जनामा गरिएको आरडिटी परिक्षणमा २ जनाको पोजेटिभ देखीएको कार्यालय प्रमुख डा. गेलालले जानकारी दिए । ‘पोजेटिभ देखिएका २ जनालाई गोटिखेल स्वास्थ्य चौकीमा क्वारेन्टाइनमा राखिएको छ, उनले भने , उनीहरुको पनि पिसिआर परिक्षण गरिएको छ । पीसीआरको रिपोर्ट आउन भने बाँकी छ ।
यसैगरी ललितपुर महानगरपालिकामा पनि आरडिटी परिक्षणमा २ जनामा पोजेटिभ देखिएको छ । ‘यसमा पोजेटिभ देखिँदैमा ठ्याक्कै कोरोना संक्रमित भन्न मिल्दैन , ललितपुर महानगर स्वास्थ्य शाखा प्रमुख देवी गुरुङले भनिन्, ‘शंकास्पदा कोरोना संक्रमितको आशंकामा उनीहरुलाई हाल पाटन अस्पतालको आइसोलेसन वार्डमा राखिएको छ ।’ उनीहरुको पिसिआर परिक्षण पनि भइसकेको तर रिपोट आउन बाँकी रहेको उनले बताइन् । शनिबार महानगरमा स्वास्थ्य क्षेत्रमा कार्यरत स्वास्थ्यकर्मी र सरसफाईमा खटिनेहरुको परिक्षण गरिएको थियो । महानगरमा २ सय ११ पिसीआर र १ सय १९ आरडिटी परिक्षण गरिएको थियो ।