सुन्दरहरैँचाका पूर्व नगर प्रमुख ढकालद्वारा नगरपालिकालाई सहयोग

सुन्दरहरैंचा (मोरङ) । जेनजी आन्दोलनका क्रममा क्षतिग्रस्त भएको मोरङको सुन्दरहरैचा नगरपालिकालाई मंलबार कार्यालय सामग्री हस्तान्तरण गरिएको छ ।

पूर्व नगर प्रमुख शिवप्रसाद ढकालको पहलमा नगरपालिकालाई कार्यालय सामग्रीहरु स्टिल दराज १० थान, टेवल कम्प्युटर १० थान, कम्प्युटर ८ थान र प्रिन्टर ४ थान हस्तान्तरण गरिएको हो । नगरपालिकालाई आरएनजी कंक्रिट प्रालिले १० थान दराज, १० थान टेवल कम्प्युटर उपलब्ध गराएको छ ।

सुन्दरहरैचाको सहारा पूर्वाञ्चल हाउजिङ प्रालि, रोयल बशिष्ठ हाउजिङ एण्ड रियल स्टेट प्रालि, विराट डेन्टर क्लिनिक, शारदा हार्डवेयर, सलकपुर किराना स्टोर, जयश्री कंक्रिट प्रालि र केवी तथा अनिता श्रेष्ठले एक/एक थान कम्प्युटर, कञ्चनजंघा इन्डष्ट्रिज पालिले कम्प्युटर र प्रिन्टर एक/एक थान, सुन्दरहरैचा ७ का विशाल खरेलले प्रिन्टर २ थान र सिपीएन इन्फोसिस् प्रालिले प्रिन्टर एक थान नगरपालिकालाई उपलब्ध गराएको पूर्व नगर प्रमुख ढकालले बताए।

कार्यक्रममा बोल्दै नगरप्रमुख केदारप्रसाद गुरागाँइले नगरवासीसँग हातेमालो गर्दै अघि बढ्ने बताए । नगरपालिकाले सेवा प्रवाह शुरु गरिसकेको बताउदै नगरप्रमुख गुरागाँइले नगरपालिका जलेर नष्ट भएपनि निराश भएर बस्ने अवस्था नभएको बताए। भदौ २४ गते भएको आन्दोलनका क्रममा नगरपालिकाको करिव ४ करोड ३० बराबरको भौतिक क्षति भएको प्रमुख प्रशासकीय अधिकृत विनोदकुमार न्यौपानेले जानकारी दिए।

तपाइको प्रतिक्रिया
(Visited 52 times, 1 visits today)

epaper

ताजा समाचार

डा.गोविन्द केसीको सत्याग्रहमा सरकारको परीक्षा, आफ्नै प्रतिबद्धता कार्यान्वयन गर्न रास्वपालाई चुनौती