मलेसियामा आमाछोरीको हत्या आरोप लागेका दिनेश दोषी ठहरिए

काठमाडौं । मलेसियामा आमाछोरीको हत्या गरेको आरोपमा एक नेपाली पुरुषलाई मजिस्ट्रेटको अदालतमा पेस गरिएको छ । मलेसियाको मजिस्ट्रेट नुरुल रसिदाह मोहम्मद अकितको अगाडि दुवै आरोप हिन्दीमा पढेर सुनाइएपछि ३५ वर्षीय दिनेशकुमार मण्डलले बुझेर टाउको हल्लाएका छन् । मुद्दा उच्च अदालतको क्षेत्राधिकारमा पर्ने भएकाले कुनै पनि बयान दर्ता नभएको अधिकारीहरूले बताएका छन् ।

उनीमाथि १८ अक्टोबरमा कम्पुङ सेकोलाह जुरुको एक घरमा ५१ वर्षीया सरिया चे हिन र ११ वर्षीया नूर अफ्रिना अब्दुल रहीमको हत्या गरेको आरोप लगाइएको छ । घटना दण्डसंहिताको धारा ३०२ अन्तर्गत दिउँसो १२:३० देखि ७:३० बजेको बीचमा भएको बताइएको छ । दोषी ठहरिएमा अभियुक्तलाई मृत्युदण्ड वा ३० देखि ४० वर्षसम्म कैद सजाय हुनसक्ने मलेसियाली सञ्चारमाध्यमले जनाएका छन् ।

यदि, मृत्युदण्डको सजाय सुनाइएन भने उनलाई कम्तीमा १२ कोर्रा दिइनेछ । उपसरकारी अभियोजक अनिस सुहादा रोस्लीले अभियुक्तलाई कुनै जमानत प्रस्ताव गरेनन् । अदालतले मुद्दा पुनः उल्लेख गर्न २०२६ जनवरीमा तारिख तोकेको छ । पोस्टमार्टम, फोरेन्सिक र रासायनिक रिपोर्टहरू पूरा गर्न अनुमति दिन मिति दिइएको थियो ।

मण्डल आमाछोरीको हत्या गरेर दलाललाई ४ हजार रिंगेट तिरी नेपाल भाग्ने क्रममा इमिग्रेसन जाँदा पक्राउ परेका थिए । अहिले मलेसियाको जेलमा १ सय ६४ जना नेपाली विभिन्न मुद्दामा जेल जीवन बिताइरहेका छन् । क्वालालम्पुरस्थित नेपाली दूतावासका अनुसार हत्या अभियोगमा १९, फौजदारीमा ३१, लागूऔषधमा २८, लागूऔषध मिश्रितमा २१ र आप्रवासनसम्बन्धी मुद्दामा ६५ जना नेपाली जेलमा रहेका छन् ।

तपाइको प्रतिक्रिया
(Visited 329 times, 1 visits today)

epaper

ताजा समाचार

सुरक्षा तथा जोखिम व्यवस्थापन सम्बन्धी तालिम सम्पन्न