सर्लाहीको साना किसान कृषि सहकारीले ७ प्रतिशतमा ऋण लगानी गर्ने

सर्लाही । सर्लाहीको हरिपुर नगरपालिकामा स्थित वडा नं ६ मा लक्ष्मीपुरमा रहेको साना किसान सहकारी संस्था लक्ष्मीपुरले अबदेखि किसानहरुलाई ७ प्रतिशतमा ऋण लगानी गर्ने भएको छ । संस्थाको १९ औँ वार्षिक साधारणसभा अध्यक्ष गमसैद मंसुरले यस्तो घोषणा गरेका हुन् ।

साना किसान सहकारी संस्था लक्ष्मीपुरको आयोजना तथा संस्थाका अध्यक्ष मंसुरको अध्यक्षतामा भएको साधारणसभामा संस्थाको कारोबार शेयर पुजी २ करोड ५१ लाख १५ हजार ६ सय, कोषहरु २ करोड ६४ लाख ६५ हजार १ सय ९४, कुल निक्षेप १८ करोड २२ लाख ६९ हजार ३ सय, लगानीमा रहेको बाँकी कर्जा ३० करोड ४७ लाख ३० हजार ८ सय २१, स्थायी सम्पत्ति २ करोड ५९ लाख ९२ हजार ६ सय ९९ तिर्नुपर्ने बाँकी ऋण १४ करोड ५९ लाख ९८ हजार ४ सय ५४ प्रस्तुत गरिएको थियो ।

यसैगरी साना किसान सहकारी संस्था लक्ष्मीपुरले २०८१ साउन १ गतेदेखि २०८२ असार मसान्तसम्म मा १ करोड ७ लाख ९ हजार १ सय ६४ रुपैया १८ पैसा मुनाफा गरेको छ।कार्यक्रमका प्रमुख अतिथि तथा हरिपुर नगरपालिकाका मेयर गोपाल पजियारले साना किसान सहकारी संस्था लक्ष्मीपुरले शेयर सदस्यको लागि उदाहरणीय कार्य गरेको बताउनुभयो । उहाले संस्थाले व्याजदर ७ प्रतिशतमा झारेर सराहनीय कार्य गरेको बताए ।

किसानहरू बैंकमा ऋण लिन जादा धेरै नै दौडधुप गर्ने गरेको र बैंकले १४ प्रतिशत सम्म ब्याजदर लिने गरेको समयमा साना किसान सहकारीले ७ प्रतिशतमा ब्याजदर झार्नु भनेको किसानहरूको लागि खुसिको खवर भएको नगर प्रमुख पजियारले बताए । साना किसान सहकारी संस्था लक्ष्मीपुरले खास गरि कृषि उत्पादन, पशुपालन, व्यापार व्यावसाय र तरकारी उत्पादनमा कर्जा लगाउने गरेको संस्थाका प्रबन्धक अजय कुमार चौधरीले जानकारी दिए ।

तपाइको प्रतिक्रिया
(Visited 169 times, 1 visits today)

epaper

ताजा समाचार

अबको साढे तीन वर्ष सरकारसँग मिलेर काम गर्छु: हितेन्द्रदेव शाक्य