रौतहट । आम जनता पार्टी (आजपा)का अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साहले सरकार पिच्छेको कर आतंकले मुलुकको अर्थतन्त्र ध्वस्त भएको टिप्पणी गरेका छन् । कर आतंकले सर्वसधारणदेखी उधोगी, व्यापारी सबै आतंकित हुनुका साथै पीडित भएको उनले बताए ।
रौतहटको गौरमा आज (बिहीबार) रौतहट क्षेत्र नं. १ को क्षेत्रिय भेलालाई सम्बोधन गर्दै अध्यक्ष साहले सरकारको मनोमानी कर आतंकले महंगी बढेको बताएका छन् । उनले करको नाममा हरेक क्षेत्रमा सरकारले आतंक मचाएको आरोप लगाए ।
‘सरकार पिच्छेको सरकारले हरेक बस्तुमा करमाथि कर लगाउने र नागरिकलाई लुटने काम गरिरहेको छ’, आजपा साहले भने, ‘हामीभन्दा ठुलो देश भारत र चीनमा कुनै पनि समान सस्तोमा पाउने तर नेपालमा किन त्यही समान महंगोमा पाउने ? भारतमा २ लाखमा पाउने मोटरसाईकल नेपालमा किन पाँच लाख तिर्नुपर्ने ? सरकारको करमाथि कर लगाउने, असुल्ने र राज्यको ढुकुटी सिद्धयाउने कामले महंगी बढेको हो ।’
सीमावर्ती क्षेत्रका नागरिकलाई शान्ति सुरक्षा दिन असफल भएको सरकारले करछलीको नाममा निजि सम्पती लुटिरहेको उनले गम्भिर आरोप लगाए । शान्ति सुरक्षा कायम गर्न सरकार असफल भएको बताउदै उनले अहिले सबै क्षेत्रमा सरकारकारी कर आतंक मचाइएको बताए ।
‘अहिले सरकारी कर आतंक मचिएको छ । हरेक बस्तुमा मनपरी कर आतंक रहेको छ । त्यसकारण उधोग, व्यापार चौपट हुने अवस्थामा पुगेको छ । सर्वसधारणले उपभोग गर्ने बस्तुहरु कर आतंककै कारण महंगो भएको छ,’ आजपा अध्यक्ष साहले भने, ‘गाउँ शहरदेखी सिमावर्ती क्षेत्रका सर्वसधारण नागरिक कर आतंकले पीडित भएका छन ।’
भेलाबाट उमाशंकर साहको नेतृत्वमा १ सय ५१ सदस्यीय निर्वाचन परिचालन समिति समेत गठन भएको छ ।
सम्बन्धित समाचार
परवानीपुरमा युवा जागरण अभियानको आयोजना
देशले छिट्टै निकास नपाए सार्वभौमसत्तामाथि खतरा: राप्रपा अध्यक्ष लिङ्गदेन
जसपा नेपालद्वारा प्रधानमन्त्रीलाई ज्ञापन पत्र
आम मुस्लिम मोर्चाका अध्यक्ष लालबाबु मंसुरीको आपती
एमाले नेता बस्नेता र जेन–जीबीच आरोप–प्रत्यारोप
मधेश प्रदेशः मुख्यमन्त्री यादवले दिएको राजीनामा स्वीकृत
प्रादेशिक अस्पताल मलङवाको समिति मनोनयन गैरकानुनी भन्दै स्थानीय युवाको विरोध प्रदर्शन
निर्णयमा ‘तैं चुप मैं चुप’, बाहिर निस्केर ‘स्टन्डबाजी’






