सहिदभूमिमा भलिबल प्रतियोगिता हुने

धनकुटा। धनकुटाको सहिदभूमि गाउँपालिकामा दोस्रो पालिका स्तरीय खुुल्ला पुुरुष भलिबल प्रतियोगिता हुने भएको छ। सहिदभूमि गाउँपालिका वडा नं.-२ को ढोलमुखामा मंसिर २४ गतेदेखि प्रतियोगिता संचालन हुने आयोजकले जनाएको छ।

किराँत राई समुदायको मारुनी नाँच एवं सरस्वती पूजाको अवसरमा सहिदभूमि-२ को खाल्साथुुम छिन्ताङ्ग युवा क्लबद्वारा उक्त भलिबल प्रतियोगिता संचालन गर्न लागेको हो ।

सहिदभूमि-२ को ढोलमुखा टोलमा संचालन हुने भलिबल प्रतियोगिताको विजेता टिमलाई नगद रु १ लाख १ हजार १ सय ११ रुपैया, ट्रफी, मेडल,प्रमाणपत्र र उप-विजेता हुने टिमलाई नगद रु ५५ हजार ५ सय ५५ रुपैया, ट्रफी, मेडल, प्रमाणपत्र प्रदान गरिने आयोजक खाल्साथुम छिन्ताङ्ग युवा क्लबका निवर्तमान अध्यक्ष एवं प्रतियोगिताका संयोजक अनिश राईले बताए।

साथै खेेलको विभिन्न विधामा नगद सहित मेडल र प्रमाणपत्र समेत प्रदान गरिने आयोजकले जनाएको छ। प्रतियोगिता मंसिर २६ गते समापन हुने आयोजकले बताएको छ।

तपाइको प्रतिक्रिया
(Visited 49 times, 1 visits today)

epaper

ताजा समाचार

स्वतन्त्रसहित उदयपुरमा ३१ जनाको उम्मेदवारी दर्ता