सुन्दरहरैंचा(मोरङ) । सुन्दरहरैंचा गछिया युवा समाजको आयोजनामा जारी एनी प्रथम गछिया गोल्डकप–२०८२ को पहिलो सेमिफाइनल खेल जित्दै गाइघाट युनाईटेड फुटबल क्लब फाइनल प्रवेश गरेको छ । आज गाइघाट युनाईटेड फुटबल क्लब र सहलेश युवा क्लब सिराहाको खेलका प्रमुख अतिथि सुन्दरहरैंचा–५ का वडा अध्यक्ष गणेश चौधरी थिए ।
खेल पहिलो हाफमा दुबै टोलीले गोल गर्ने प्रयास गरे पनि कुनै पनि गोल भएन । दोस्रो हाफको ३१ मिनेटमा गाइघाट युनाईटेड फुटबल क्लबका जर्सी नम्बर १७ सुनिल खड्काले १ गोल गरे । यो गोलले नै गाईघाट युनाईटेड फुटबल क्लबका लागि फाइनल प्रवेश गराएको हो ।
निर्धारित समय सम्म पनि सहलेश युवा क्लब सिराहाले गोल गर्ने प्रयास गरे पनि कुनै पनि गोल गर्ने सकेन । यो सङै १-० को अन्तरले गाइघाट युनाईटेड फुटबल क्लबले फाइनलको यात्रातय गरेको हो । आजको ‘म्यान अफ द म्याच’ गाइघाट युनाईटेड फुटबल क्लबका जर्सी नम्बर ८ का विवेद राई भएका छन् । उनलाई ५ हजार १ सय रुपैयाँ पुरस्कार प्रदान गरिएको आयोजकले जनाएको छ ।
दोस्रो सेमिफाइनलमा गछिया युवा समाज र राष्ट्रिय जागृती फुटबल क्लब इटहरी विच सेमिफाइनल खेल भोली दिउँसो २ बजे बाटसुरु हुने खेल संयोजक प्रलाद थोप्रा लिम्बुले जानकारी दिए। प्रतियोगितामा विजेता टोलीलाई २ लाख १ हजार, उपविजेतालाई १ लाख १ हजार, ‘म्यान अफ द सिरिज’लाई २५ हजार, उत्कृष्ट खेलाडी तथा प्रशिक्षकलाई जनही ११ हजार रुपैयाँ पुरस्कार प्रदान गरिनेछ ।
साथै, सुन्दरहरैंचा नगरपालिकाका १२ वडाका २४ जना ज्येष्ठ नागरिकलाई सम्मान र शारीरिक अपांगता भएका २ नागरिकलाई व्हिलचेयर प्रदान गरिनेछ । दीर्घकालीन योगदान दिएका स्थानीय खेलाडीहरूलाई पनि सम्मान गरिने गछिया युवा समाजका अध्यक्ष सरोज दाहालले बताउनु भयो । प्रतियोगिता २२ गतेसम्म सञ्चालन हुनेछ ।
सम्बन्धित समाचार
लुम्बिनीविरुद्ध कर्णाली याक्सको शानदार जीत
नेपालगञ्ज म्याराथनको उपाधि नेपाली सेनाका खड्कालाई
राजगढमा दोश्रो संस्करणको अध्यक्ष कप सुरु
विश्वकप क्रिकेटको खेल तालिका सार्वजनिक, नेपाल ‘सी’ समूहमा
नेपाल चाइनिज ताइपेसँग पराजित
एनी प्रथम गछिया गोल्डकपमा आयोजक विजयी
थम गछिया गोल्डकप–२०८२: गाईघाट युनाइटेड सेमिफाइनल
लुम्बिनी बन्यो प्लेअफमा पुग्ने चौथो टोली






