मुम्बई । बलिउडकी अग्रज अभिनेत्री रेखाको अहिले एउटा भिडियो सामाजिक सञ्जालमा भाइरल भइरहेको छ । त्यो भिडियोमा उनले एक जना फ्यानलाई धकेलेको देखिन्छ । ती फ्यानले उनीसँग जबरजस्ती फोटो खिच्न खोजेको र रेखाले ती प्रशंसकलाई धकेलेको दृश्य त्यो भिडियोमा उल्लेख छ ।
यो दृश्य यही सोमबारको मुम्बई एयरपोर्टको हो । हुन त रेखा मीठो मुस्कान र फ्यानहरूसँगको विनम्र व्यवहारको लागि परिचित छिन् । तर, यस पटक विमानस्थलमा उनले गरेको व्यवहारका कारण अहिले उनका प्रशंसकहरूले रेखाको टिप्पणी गरिरहेका छन् ।
घटना अनुसार मुम्बई विमानस्थलको टर्मिनलबाट उनी बाहिरिँदै गर्दा पापाराजीहरूको लागि फोटोको पोज दिएको दृश्यमा देखिन्छ । त्यतिकैमा, एक महिला फ्यान फोन लिएर उनको नजिक आएर सेल्फी लिन खोज्छिन् । ती फ्यानले फोटोको लागि जबरजस्ती गरेपछि रेखाले तुरुन्तै रोक्न खोज्छिन् । तर ती फ्यानले फेरी फोटा लिन खोजेपछि रेखाले उनलाई धकेलिदिन्छन् । त्यसपछि रेखालाई उनको सेक्रेटरीले गाडीमा बस्न सहयोग गर्छिन् र ती फ्यानलाई फेरी पनि नजिक आउनबाट रोक्छिन् ।
उनको यही भिडियो अहिले सामाजिक सञ्जालमा द्रुत गतिमा भाइरल भइरहेको हो । यो भिडियो आएपछि आफ्नो फ्यानलाई रेखाले फोटो खिच्न दिनु पथ्र्यो भनेर शुभचिन्तकहरूले भनेका छन् । फ्यानमाथि रेखाले गरेको दुव्र्यवहारको उनका प्रशंसकहरूले टिप्पणी गरेका छन् । यस विषयमा अभिनेत्री रेखाले अहिलेसम्म कुनै पनि प्रतिक्रिया दिएकी छैनन् ।
एक जना प्रशंसकले लेखेका छन्, ‘रेखा जी, उहाँले केवल एक सेल्फी लिन खोज्नु भएको थियो, त्यसैले फ्यानलाई यसरी धकेल्नु पर्दैनथ्यो। उनी केवल फोटो खिच्न चाहन्थिन् ।’
अर्को एक दर्शकले लेखेका छन्,‘अब के रेखा पनि जया बच्चन जस्तै प्रशंसकलाई दुव्र्यवहार गर्ने तर्फ केन्द्रित भएकी हुन ?’, अर्का दर्शकले लेखेका छन्, ‘यदि कोही तपाईँलाई आफ्नो आदर्श ठान्दै तपाईँकहाँ आउँछ भने, उनीहरू माथि सम्मान देखाउनु पर्छ । यो व्यवहार खेदजनक छ ।’
सम्बन्धित समाचार
विवाहबन्धनमा बाँधिँदै पूजा र युद्ध
ओस्कार अवार्डको पहिलो चरणमा ‘अञ्जिला’ सहित ८६ चलचित्र
कलेज–कलेजमा एक चिहान देखाउँदै ओजस थिएटर
नेपाली भाषाको ‘बमबहादुर’ ९ महिनापछि बल्ल सेन्सर पास
‘कुमारी’को ‘कता छौ मेरो फूल…’ सार्वजनिक
विवाह चाँडै हुनसक्ने भारतीय अभिनेत्री रश्मिकाको भनाई
मिस एण्ड मिसेस युनिभर्सल सिजन ४ को समापन भव्य
प्रेमी युद्धसँग अभिनेत्री पूजा शर्माले गरिन विवाह






