डडेल्धुरामा ४९ विद्यालय भवनसँगै २७ खेल मैदान निर्माण हुँदै

सामाजिक विकास कार्यालय डडेल्धुरा । तस्बिरः सम्झना पाण्डेय ।

डडेल्धुरा । सुदूरपश्चिम प्रदेश सामाजिक विकास मन्त्रालय अन्तरगतको सामाजिक विकास कार्यालयले चालु आर्थिक वर्ष २०८२–८३ मा सवा २० करोड बढी रकममा ४९ विद्यालय, २७ खेल मैदान, नौ वटा शौचालयसंगै अन्य सिप मुलक तालिम दिने भएको छ । विद्यालय भवन, खेल मैदान, शौचालय निर्माण र विभिन्न सिप मुलक तालिम यस वर्ष संचालन गरिने भएका हुन ।

विद्यालयमा दुई–चार कोठे भवन निर्माणका लागि १० लाखदेखि ४५ लाखसम्म रकम विनियोजन भएको सामाजिक विकास कार्यालय डडेल्धुराका कार्यालय प्रमुख मिनबहादुर लामिछानेले जानकारी दिए । उनका अनुसार यस कार्यालय अन्तरगत चालु आवका लागि सबैभन्दा बढी ५५ लाख रकम नमुना विद्यालयको गुरुयोजना अनुसारका भौतिक पूर्वाधार निर्माणका रहेका छन ।

परशुराम नगरपालिका–४ मा रहेको भागेश्वर मावि र महाभारत पर्वत क्षेत्रमा अवस्थित गन्यापधुरा गाउँपालिका–४ को भुवनेश्वरी माविको गुरु योजना अनुसार भौतिक पूर्वाधार निर्माण गर्न ५५–५५ लाख रकम भएको उनले जानकारी दिए । यस्तै गन्यापधुरा गाउँपालिका–२ बडालमा रहेको गणेश माविको चार कोठे भवन निर्माणका लागि ४५ लाख रकम रहेको छ ।

परशुराम नगरपालिका–१२ को त्रिवेणी क्याम्पस छात्राबास निर्माण तथा घेरबारका लागि ३५ लाख रकम प्राप्त भएको कार्यालय प्रमुख लामिछानेले बताए । उनका अनुसार अजयमेरु गाउँपालिका–२ को सहस्त्रलिंग माविको दुई कोठे भवन निर्माणका लागि ३४ लाख, जिल्ला सदरमुकामको अमरगढी नगरपालिका–५ मा बालिका सुधार गृह निर्माणका लागि ३० लाख रहेको छभने परशुराम नगरपालिकाका तीन वटा विद्यालयलाई समेटी ३० लाख रकम रहेको छ । कैलपाल आवि गोगनको खेल मैदान, जनज्योती आवि सिमल्टा, सरस्वती आवि गुप्तिगडाको शौचालय निर्माणका लागि उक्त रकम प्राप्त भएको हो ।

यस्तै विद्यालयका दुई कोठे भवन र बर्थिड्ड सेन्टर निर्माणका लागि २५–२५ लाख रकमका दरले २४ वटा योजनामा बजेट रहेको उनले बताए । आलिताल गाउँपालिका–२ को असिग्राम प्रावि, वडा नं. १ हर्तोलाको भुवनेश्वरी मावि, भागेश्वर गाउँपालिका १ पनिउटको कैलपाल मावि, वडा नं. ३ को उमामुक्तेश्वर आवि, वडा नं. २ को सलाशिल प्रावि, नवदुर्गा गाउँपालिका १ असुर्पाको भुवनेश्वरी मावि, बीरबलभद्र मावि, वडा नं. २ को बालकल्याण मावि, गन्यापधुरा गाउँपालिका २ को गणेश मावि, अजयमेरु गाउँपालिका ५ को केदार शिशु सुधारक मावि, देवल मावि, वडा नं. २ को नवदुर्गा आवि, वडा नं. ४ को चन्द्रज्योती आवि, अमरगढी नगरपालिका १ को भूमिराज प्रावि, वडा नं. ५ को महेन्द्र मावि, परशुराम नगरपालिका ३ को भागेश्वर मावि, वडा नं. ६ को सिद्धनाथ मावि, वडा नं. ११ को सिद्धनाथ मावि, वडा नं. ८ को सिद्धनाथ मावि, वडा नं. ७ को सिद्धनाथ माविमा दुई कोठे भवन निर्माणका लागि २५–२५ लाख रकम रहेको छ ।

अमरगढी नगरपालिका ५ को भिमदत्त बहुमुखि क्याम्पसमा शौचालय र खेल मैदान निर्माण, परशुराम नगरपालिका–१२ आम्पानी स्थित राउटे वस्तिको वीपि आविको शौचालय र खानेपानी निर्माण, वडा नं. ४ को टुडीखेलमा व्यवस्थित मञ्च निर्माण, वडा नं. ८ को उग्रतारा वेद विद्याआश्रम अनुदान, गन्यापधुरा गाउँपालिका ५ कापडी गाउँमा बर्थिड्ड सेन्टर निर्माणका लागि पनि २५–२५ लाख रकम रहेको छ ।

यसैगरी विद्यालयमा शौचालय, घेरबार, खानेपानी, मैदान निर्माणका लागि पाँच लाख देखी २४ लाखका अन्य योजनाहरु रहेको कार्यालय प्रमुख लामिछानेले बताए ।

उनका अनुसार दुई कोठे भवन निर्माणका ४८ वटा, चार कोठे भवन निर्माणको १, खेल मैदान २७ र शौचालयका नौ वटा योजना गरि जम्मा ८५ वटा योजना निर्माणका लागि पूजीगत रकम २० करोड ३८ लाख ८० हजार रुपियाँ रहेको उनले जानकारी दिए ।

तपाइको प्रतिक्रिया
(Visited 35 times, 1 visits today)

epaper

ताजा समाचार

गीत गाएकै भरमा प्रहरीको दमन सम्झेर भावुक भए कलाकार