विद्यार्थीहरुलाई व्यापक रुपमा नागरिक भावना जगाइ देशभक्त बनाउनुपर्ने

भक्तपुर । नेपाल मजदुुर किसान पार्टीका अध्यक्ष नारायणमान विजुुक्छेंले प्रत्येक शैक्षिक संस्थाहरुले विद्यार्थीहरुलाई व्यापक रुपमा नागरिक भावना जगाइ देशभक्त बनाउनुपर्ने आवश्यकता औंल्याएका छन् ।

वागीश्वरी कलेज, वागीश्वरी मावि र वागीश्वरी कलेज अफ म्यानेजमेन्टको मङ्गलवार महामञ्जुुश्रीस्थित कलमसीमा भएको वार्षिक भेटघाट कार्यक्रममा उनले सो आवश्यकता औंल्याउनुुभएको हो ।

उदारवादका नाममा पुँजीवादीहरुले आर्थिक र सांस्कृतिक रूपमा नवउपनिवेश लाडेर जनताहरुलाई दिग्भ्रमित पार्दै व्यक्तिवादी बनाउन थालेकाले नागरिक भावना जगाइ देशभक्त बनाउनुपर्ने तर्क उनको रहेको छ ।

शिक्षा क्षेत्रलाई खतम पारेपछि मात्र साम्राज्यवादीहरुले आफ्नो स्वार्थ पूरा गर्न सक्ने भएकाले पाठ्यक्रम र पाठ्यपुस्तकका अलावा विद्यार्थीहरुलाई नागरिक शिक्षा दिनुुपर्ने उनले स्पष्ट पारे । सबैलाई ठिक भएपछि आफूलाई पनि ठिक हुने ज्ञान अहिले आवश्यक हुँदै गएको उनको धारणा रहेको छ ।

पुँजीवादी शक्तिहरु विभिन्न शैलीमा अगाडि बढिरहेको बताउँदै उनले आर्थिक रुपमा स्वतन्त्र नभएसम्म देश स्वतन्त्र नहुुने स्पष्ट पारे ।

शिक्षा क्षेत्रलाई साम्राज्यवादीहरुको नीतिअनुसार नेपालले अनिवार्य र निःशुल्क शिक्षा नीति नलिएकै कारण अहिले शिक्षा महँगो हुुन गएको उनले बताए । यही कारण विद्यार्थीहरु कामदारका रुपमा बाहिर मुलुकमा जान बाध्य भएको र साम्राज्यवादीहरुले सस्तो कामदार पाइरहेको टिप्पणी उनको रहेको छ ।

अमेरिकी डलरको विकल्पमा चीन रुस भारतसहितका देश लागिपरेकाले अहिले अमेरिकालाई अप्ठ्यारो हुन थालेको र अमेरिकाले चीनलाई साम्राज्यवादी मुलुक हो भनेर अफ्रिका, दक्षिण अमेरिकालगायतका मुलुकलाई दिग्भ्रमित पार्न खोज्दा पनि सफल हुन नसकेको जानकारी उनले दिए ।

वागीश्वरी कलेज र वागीश्वरी कलेज अफ म्यानेजमेन्ट व्यवस्थापन समितिका अध्यक्ष तथा भक्तपुर नगरपालिकाका मेयर सुनिल प्रजापतिले भक्तपुरलाई ज्ञानविज्ञानको केन्द्र बनाउन हरतरिकाले प्रयास भइरहेको र गुुणस्तरलाई ध्यान दिइरहेको बताए ।

भक्तपुरमा शिक्षा सम्बन्धि राष्ट्रिय सम्मेलनका साथसाथै अन्तर्राष्ट्रिय सम्मेलन पनि गर्न थालेको बताउनुुहँदै भक्तपुरकै विषय अध्ययन अध्यापनको विषय बनाएर लानुपर्ने धारणा राखे ।

सबैको साथ र सहयोगकै कारण वागीश्वरी कलेजले जिल्लामा नै पहिलो पटक सामुदायिक कलेजतर्फ क्यूूएए प्राप्त गर्न सफल भएको चर्चा गर्नुहुँदै उनले आवश्यकताअनुसार भौतिक पूर्वाधार थपिने क्रम जारी रहेको र अहिले पनि अपुुग भइरहेको जानकारी दिऐ ।

त्रिविको लापर्वाहीका कारणले पनि विद्यार्थीहरुमा निराश भएर मुलुक छोड्ने गरेका कारण ख्वप विश्वविद्यालयको माग गरेकोमा मन्त्रीपरिषदमा पुुगेपछि कानुुन र संविधानको अभाव देखाउँदै सरकारले बाधा हालेको उनले स्पष्ट पारे ।

सरकारले रोकेपनि विश्वविद्यालयस्तरको शिक्षा दिन लागिपरेको बताउनुहुँदै उनले ख्वप विश्वविद्यालयमा आवद्ध हुन सक्ने शैक्षिक संस्थाहरुसँग विद्यार्थी र जनशक्तिका हिसावले २४ वटा विश्वविद्यालयस्तरका निकायहरुमा चौंथो स्थानमा रहेको जानकारी दिऐ ।

बागमति प्रदेशका सांसद सुुरेन्द्रराज गोसाइँले ३५ वर्षमा सरकारमा गएका दलहरुले नवउदारवादका नाममा राम्रो बनाउने भन्दै ध्वस्त पारेका कारण नयाँ पुस्ता विद्रोहमा आएको धारणा राखे । नयाँ पुुस्ताको आन्दोलनलाई अमेरिकी साम्राज्यवादको साथ र प्रशिक्षण रहेको घट्नाक्रमले पुष्टि गर्दै लगेको उनले स्पष्ट पार्नुुभयो । आन्दोलनमा पानी मात्र खुवाउन गएको मान्छे अहिले दलहरु एकीकरण गराउँदै हिंडेको र उनी कहाँबाट परिचालित भन्ने कुरा सार्वजनिक हुन थालेको पनि उनले बताए ।

अमेरिकी सरकारलाई रिझाउन र खुशी पार्नका लागि एमसीसी र इन्डोप्यासिफिक रणनीतिलाई सरकारमा गएका दलहरुले निम्त्याएकै कारण अहिले समीकरण बनिरहेको र सरकार फेरबदलमा चलखेल गर्न अमेरिकालाई सहज भएको उनको टिप्पणी रहेको छ ।

सरकारमा जाने ठूला दलहरुले ठेकेदार र म्यानपावर कम्पनीका सञ्चालकहरुलाई सांसद र नेता बनाएकै कारण राजनीतिमा फोहोर पसेको र उनीहरुलाई एमाले कांग्रेस र माओवादीले गंगाजल छर्केर चोख्याउन खोज्दा देश नै खतरामा पुुगेको पनि उनले बताए ।

अहिले समाजमा व्यक्तिवादी प्रवृत्ति हावी हुँदै आएको र राजनीति भनेको फोहोरी खेल भन्नेहरु नै मन्त्री प्रधानमन्त्री बन्छु भनेर आउन थालेकोमा उनले आश्चर्य व्यक्त गरे ।

बागमती प्रदेशकै सांसद सृजना सैंजूले वागीश्वरीको भूमिका र योगदान अतुुलनीय भएको बताउँदै शिक्षा क्षेत्रको ज्वलन्त उदाहरणको रुपमा वागीश्वरी आइरहेको धारणा राखे ।

अहिले विश्वविद्यालयले विश्वविद्यालयको जस्तो काम नगरेको र विदेशी सम्बन्धन प्राप्त कलेजहरुको लुुटतन्त्र छरपस्ट हुन थालेको दृष्टान्त सांसद सैंजूूले पेश गरे े ।

पश्चिमा सामाजिक सञ्जालले दिग्भ्रमित बनाउने भएकाले विद्यालय कलेजले वास्तविक ज्ञान प्रदान गर्न पाठ्यपुुस्तक बाहेकका शिक्षाहरु पनि दिनुपर्ने धारणा उनले राखे ।

अमेरिकी साम्राज्यवादले ५० भन्दा वढी मुलुकमा सत्ता उथलपुुथलको प्रयास गरेकोमा ९० प्रतिशत सफल भएको र बंगलादेश श्रीलंका पछि नेपालमा पनि अमेरिकी रणनीतिले खेलेको बताए । अमेरिकालाई इराक र अफगानिस्तानको सत्ता उथलपुुथल महँगो भएका कारण अहिले नयाँ शैलीमा प्रस्तुुत भएको र चीन घेर्ने नीतिअनुसार नेपालमा आन्दोलन गराएको आरोप उनले लगाए ।

वागीश्वरी मावि व्यवस्थापन समितिका अध्यक्ष रविन्द्र ज्याख्वले वागीश्वरीमा सिटीइभिटीका कक्षाहरु, प्राविधिक कक्षा, खुल्ला विद्यालय र अन्य तालिमहरु पनि सञ्चालन भइरहेको जानकारी दिऐ । वागीश्वरीले शैक्षिक गन्तव्य बनाउन प्रयास गरिरहेको बताउँदै अन्य सफल विद्यालयहरुको सफलतालाई अंगिकार गर्दै विद्यालयलाई थप उचाइमा पुु¥याउने बताए ।

वागीश्वरी कलेजका संयोजक ज्ञानसागर प्रजापतिले वागीश्वरीले पूर्वाधार थप गर्ने क्रममा भवन खरिद र जग्गा खरिदका कार्य भइरहेको जानकारी दिंदै नमुना शिशुस्याहार केन्द्र बनाउने गरी कार्य भइरहेको बताए ।

तपाइको प्रतिक्रिया
(Visited 51 times, 1 visits today)

epaper

ताजा समाचार

डा.गोविन्द केसीको सत्याग्रहमा सरकारको परीक्षा, आफ्नै प्रतिबद्धता कार्यान्वयन गर्न रास्वपालाई चुनौती