काठमाडौं । कर्तव्य ज्यान मुद्दामा ११ वर्ष कैद सजाय भुक्तान गरिरहेका एक कैदी फरार भएपछि पुनः पक्राउ परेका छन्।
पोखरा महानगरपालिका–१४ निवासी ५० वर्षीय कृष्णबहादुर मिजार भदौ २४ गते कारागार कार्यालय कास्कीबाट फरार भएका थिए । विशेष सूचनाका आधारमा खटिएको प्रहरीले उनलाई २९ गते काठमाडौंको तारकेश्वर नगरपालिका–७ बाट पक्राउ गरेको हो।
पक्राउ परेका मिजारलाई कारागार कार्यालय जगन्नाथदेवल, सुन्धारामा बुझाइएको प्रहरीले जनाएको छ।
तपाइको प्रतिक्रिया
(Visited 23 times, 1 visits today)






