सेती नदीमा डुबेका युवकको डेढ महिनापछि शव फेला

सांकेतिक तस्वीर

पोखरा । सेती नदीमा पौडी खेल्ने क्रममा डुबेर बेपत्ता भएका एक युवकको शव डेढ महिनापछि फेला परेको छ ।

गत चैत २८ मा पोखरा–१ बगरस्थित सेती नदीमा अरु २ साथीसहित पौडी खेल्ने क्रममा पोखरा–१६, दीपका २४ वर्षीय अमृत थापा बेपत्ता भएका थिए । उनको शव सोमबार दिउँसो कास्की प्रहरीले घटनास्थलभन्दा केही दूरी तल खोँचमा तैरिरहेको अवस्थामा फेला पारेको हो ।

जिल्ला प्रहरी कार्यालयका कास्कीका प्रवक्ता नरहरि अधिकारीका अनुसार शव पोष्टमार्टमका लागि पश्चिमाञ्चल क्षेत्रीय अस्पताल लगिएको छ । थापासँगै पौडि खेल्न गएका अन्य २ जना भने सकुशल घर फर्केका थिए ।

यस्तै, पोखरा–१८,सेदीफाँटमा निर्माणाधीन अपार्टमेन्टमा काम गर्ने कञ्चनपुर पुनर्बास–२ का ४५ वर्षीय पदम लामा मृत फेला परेका छन् । अपार्टमेन्टमा काम गर्नेक्रममा अचानक बेहोस भई ढलेका लामाको घटनास्थलमा नै मृत्यु भएको कास्की प्रहरीले जनाएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 192 times, 1 visits today)

epaper

ताजा समाचार

डा.गोविन्द केसीको सत्याग्रहमा सरकारको परीक्षा, आफ्नै प्रतिबद्धता कार्यान्वयन गर्न रास्वपालाई चुनौती