निपा भाइरसको जोखिमबाट बच्न भारतबाट आउनेमाथि निगरानी बढाइयो

धनगढी । भारतको केही प्रान्तमा घातक निपा भाइरसको संक्रमण पुष्टि भई संक्रमण बढ्दो क्रममा रहेकाले खुल्ला सीमा क्षेत्रमा सतर्कता अपनाउन आग्रह गरिएको छ । स्वास्थ्य कार्यालय कैलालीले त्रिनगर नाकामा रहेको हेल्थ डेस्कमार्फत भारतबाट आउने व्यक्तिमा निगरानी बढाएको जनाएको छ ।

स्वास्थ्य कार्यालय कैलालीका प्रमुख रमेश कुँवरले भारतबाट आउने व्यक्तिमा ज्वरोको लक्षण देखिएमा आइसोलेसनमा राखेर नमुना संकलन गरी परीक्षणका लागि पठाउने व्यवस्था मिलाइएको जानकारी दिएका छन् । उनले निपा भाइरसको खोप नभएकाले सावधानी नै सुरक्षा रहेको बताएका छन् ।

कुँवरले काँचो खजुरको रस र चमेराले टोकेको फल नखान, फलफूल धोएर र बोक्रा निकालेर मात्रै खान र बिरामी जनावर छुँदा पञ्जा र सुरक्षा अपनाउन आग्रह गरेका छन् । उनले निपाह संक्रमणको शंका भएका बिरामीसँग व्यक्तिगत सुरक्षाका उपायहरु नअपनाई सम्पर्क नगर्न, बिरामीको हेरचाहपछि हात साबुनपानीले राम्ररी धुन र शंका लागेमा ढिला नगरी स्वास्थ्य संस्थामा सम्पर्क गर्न आग्रह गरेका छन् ।

’निपा भाइरसको संक्रमण भए÷नभएको परीक्षण गर्न त्रिनगर नाकामा स्वास्थ्य कार्यालय कैलालीले हेल्थ डेस्कमा स्क्रिनिङ गर्ने व्यवस्था मिलएका छौँ । सम्भावित लक्षण भएको बिरामीलाई आइसोलेसनमा राखेर नमुना संकलन गर्ने र संक्रमणको पहिचान गर्ने व्यवस्था मिलाइएको छ,’ कुँवरले भने ।

मानसिक संक्रमण फैलिएको स्थानहरु भ्रमण गरी फर्किएका व्यक्तिहरुलाई निश्चित समयका लागि क्वारेन्टाइन बस्न सुझाव दिँदै समुदायमा आधारित रोग निर्देशिका २०८२ बमोजिम निगरानी गराउन स्वास्थ्य कार्यालय कैलालीले आग्रह गरेको छ ।

तपाइको प्रतिक्रिया
(Visited 228 times, 1 visits today)

epaper

ताजा समाचार

पार्टी र सरकारबीच समन्वयको अभाव छैन : सभापति लामिछाने