बालेनलक्षित गगनको कटाक्ष : स्याउको गीत गाएर कर्णालीको विकास हुँदैन

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन)लाई कटाक्ष गर्दै स्याउको गीत गाएर मात्रै कणालीको विकास नहुने बताएका छन् ।

बिहीबार कर्णाली प्रदेशको राजधानी सुर्खेतमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै सभापति थापाले कुरा गरेर मात्रै कर्णालीको विकास नहुने बताएका हुन् । ‘कर्णालीको ’boutमा दुइटा कुरा भन्न सकिन्छ, कर्णाली स्वर्ग हो भन्न सकिन्छ, कर्णाली अन्नको भण्डार हो भन्न सकिन्छ, कर्णाली नेपालको सर्वाधिक राम्रो ठाउँ हो भन्न सकिन्छ। राराका ’boutमा कविता भन्न सकिन्छ, सबै कुरा भन्न सकिन्छ,’ थापाले भने।

कर्णालीको गरिबी, बेरोजगारी, गर्भवती आमाको मृत्यु, शिशुको मृत्युको समाधान खोज्नुपर्ने उनको भनाइ थियो। यो चटकका भरमा समाधान नहुने उनले बताए। ‘म आएपछि सबै समस्या समाधान हुन भन्न सकिन्छ, म भन्दा अगाडिकाले गरेन भन्न सकिन्छ। तर, त्यो उत्तरले समस्याको समाधान दिँदैन,’ थापाले भने ।

कर्णालीका समस्या समाधान गर्न संविधान, कानुनमै बदलाव ल्याउनुपर्ने उनको भनाइ थियो । ‘म प्रधानमन्त्री हुन्छु, चटक गर्छु, जादु गर्छु होइन। गर्नुपर्ने के छ, संविधानमा केही बदलाव ल्याउनुपर्नेछ, कानुनमा केही बदलाव ल्याउनुपर्नेछ,’ थापाले भने, ‘म संधिवान र कानुनमा बदलाव ल्याउनका लागि पाँच वर्ष प्रयोग गरौँ भन्छु, एउटा साथी आएर यत्रो समय के गरिस् भन्छ ?’

आफूले कर्णालीका समस्या समाधान गर्ने फेहरिस्त बोकेर सुर्खेत आएको उनको भनाइ थियो। त्यसका लागि बहस, छलफल गर्नुपर्नेमा उनले जोड दिए।

यस्तै समस्याका लागि संविधान, कानुनमै बदलाव ल्याउनुपर्ने उनको भनाइ थियो।

तपाइको प्रतिक्रिया
(Visited 40 times, 1 visits today)

epaper

ताजा समाचार

बहुमतका महासचिव बास्तोलालाई रिहा गर्न सर्वोच्चको आदेश