काठमाडौं । मध्यपूर्वी क्षेत्रमा विकसित भइरहेको पछिल्लो जटिल परिस्थितिलाई मध्यनजर गर्दै संयुक्त अरब इमिरेट्स (यूएई)स्थित नेपाली दूतावास र दोहास्थित नेपाली दूतावासले यूएई र कतारमा रहेका नेपाली कामदारलाई अनावश्यक यात्रा नगर्न आग्रह गरेको छ ।
यी दुवै दूतावासले भिन्दाभिन्दै विज्ञप्ति जारी गरी हाल मध्यपूर्वी क्षेत्रमा विकसित भइरहेका विस्फोटनका घटनालाई मध्यनजर गर्दै सो क्षेत्रमा रहेका नेपाली कामदार तथा आङ्खना नागरिकलाई अनावश्यक बाहिर ननिस्कन, सतर्क र सुरक्षित रहन आग्रह गरेको हो ।
यूएईस्थित नेपाली दूतावासले शनिबार विज्ञप्तिमार्फत सो क्षेत्रमा रहेका नेपाली कामदारलाई अनावश्यक यात्रा नगर्न र उच्च सतर्कता अपनाउन आह्वान गरेको छ ।
सो दूतावासले विज्ञप्ति जारी गर्दै यूएई सरकार तथा नेपाली दूतावास÷महावाणिज्य दूतावासले जारी गरेका सुरक्षा मार्गनिर्देशन र सूचनाहरूको पालना गर्न सबै नेपाली नागरिकलाई अनुरोध गरेको बताएको छ । अहिले उत्पन्न भएको मध्यपूर्वको जटिल अवस्थालाई ध्यानमा राखेर सम्भावित दुर्घटनाको जोखिमबाट जोगिन र सचेत रहन यस्तो आग्रह गरिएको दूतावासले जनाएको छ ।
सो दूतावासले आङ्खना नागरिकलाई विशेषगरी सुरक्षा जोखिम भएका क्षेत्रहरूमा अनावश्यक आवागमन नगर्न, भीडभाड भएका स्थानहरूबाट टाढा रहन र आधिकारिक स्रोतबाट आउने सूचनालाई मात्र विश्वास गर्न आग्रह गरिएको बताएको छ ।
दूतावासका अनुसार आपतकालीन सूचना, सल्लाह तथा सहयोगका लागि अबुधाबीस्थित नेपाली दूतावास र दुबईस्थित नेपाली महावाणिज्य दूतावाससँग सम्पर्क गर्न सकिने व्यवस्था गरिएको छ । जसका लागि दूतावासले आपतकालीन अवस्थामा सम्पर्क गर्न हटलाइन एवं सम्पर्क नम्बर र इमेल ठेगाना पनि सार्वजनिक गरिएको जनाएको छ ।
यसैगरी, दोहास्थित नेपाली दूतावासले जारी गरेको सूचनामा कतारी अधिकारीहरूले जारी गरेका सुरक्षा निर्देशन तथा सल्लाहहरू कडाइका साथ पालना गर्न आङ्खना नागरिकलाई आग्रह गरिएको छ ।
दूतावासले सकेसम्म घरभित्रै बस्न, अनावश्यक रूपमा बाहिर ननिस्कन र उच्च सतर्कता अपनाउन पनि नेपाली कामदारलाई अनुरोध गरिएको जनाएको छ ।
शनिबार बिहानैबाट इरानमा गरिएको इजरायली आक्रमणमा परी दर्जनौं मारिएका छन् । इरानको राजधानी तेहरानलगायत विभिन्न शहरमा धेरै विस्फोटका घटना भएका छन् ।
विस्फोटपछि इरानले अबुधाबीस्थित अल दाफ्रा क्षेत्रमा रहेको अमेरिकी सैन्य बेसक्याम्पमा आक्रमण सुरू गरेपछि अहिले खाडी क्षेत्रमा थप तनाब बढेको छ ।
सोही हमलापछि उत्पन्न हवाई सुरक्षा जोखिमका कारण शनिबार दिउँसोबाट कतारको राजधानी दोहा अन्तर्राष्ट्रिय विमानस्थल बन्द भएपछि काठमाडौंबाट सो गन्तव्यका लागि हुने उडान पनि रोकिएको छ ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयले शनिबार साँझका लागि तय भएको कतारका सबै हवाई उडान बन्द भएको जानकारी दिएको छ ।
नेपाल नागरिक उड्डयन प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलले कतारले दोहा एयरपोर्ट तत्कालका लागि बन्द गर्ने निर्णय गरेसँगै काठमाडौंबाट सो विमानस्थलका लागि हुने उडान रोकिएको जानकारी दिए ।
दोहा विमानस्थल बन्द भएपछि यहाँबाट हुने उडान पनि स्वतः रोकिएको जानकारी गराउँदै उनले यूएई, कुवेतलगायत विभिन्न खाडी मुलुकको ’boutमा अहिलेसम्म आधिकारिक रूपमा केही खबर नआएको बताए । अहिले प्राधिकरणले खाडी देशका विमानस्थलबाट आउने नयाँ खबर पर्खिरहेको जानकारी गराएको छ ।
प्राधिकरणले जानकारी गराएअनुसार सुरक्षा अवस्था निकै जटिल रहेको भन्दै अहिले अबुधाबी, दमामसहित खाडी राष्ट्रका सातवटा अन्तर्राष्ट्रिय विमानस्थलको हवाई उडान रद्द भएका छन् ।
खाडी क्षेत्रको आकाशमा हवाई उडान प्रतिबन्ध गरिएका कारण अहिले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट खाडीका विभिन्न सातवटा अन्तर्राष्ट्रिय विमानस्थलमा हुँदै आएका नियमित हवाई उडान रद्द भएका छन् ।
शारजहा, दोहा, दुबई, कुवेतसिटी, अबुधाबी, दमामलगायतका विमानस्थलमा हवाई उडानमा प्रतिबन्ध लगाइएका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट शनिबार साँझ र रातिका सबै उडान रद्द गरिएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयले जनाएको छ ।
विमानस्थल कार्यालयका महाप्रबन्धक टेकनाथ सिटौलाले यस्तो जानकारी गराएका हुन् । विमानस्थल कार्यालयका अनुसार अहिले शारजहा, दोहा, दुबई, कुबेतसिटी, अबुधाबीलगायतका विमानस्थलमा हवाई उडानमा प्रतिबन्ध लगाइएकाले काठमाडौंबाट साँझ र रातिका लागि हुने सबै उडान रद्द गरिएको छ । रोकिएका नियमित उडानहरू कहिले खुल्छन् भन्ने’bout अर्को निर्णय भएपछि मात्र जानकारी गराइने विमानस्थल कार्यालयले जनाएको छ ।
त्रिभुवन विमानस्थल कार्यालयले खाडी क्षेत्रमा जाने हवाई यात्रुलाई आङ्खनो उडानका लागि विमानस्थल जानुभन्दा अगाडि सम्बन्धित वायुसेवा कम्पनीमा सम्पर्क गरेर मात्र जान आग्रह गरिएको बताएको छ ।
अन्तर्राष्ट्रिय समाचार एजेन्सीहरूका अनुसार इरानको राजधानी तेहरानलगायत विभिन्न क्षेत्रमा भएको ठूला ठूला विस्फोटका घटनापछि उत्पन्न हवाई सुरक्षा जोखिमलाई मध्यनजर गर्दै अहिले मध्यपूर्वी क्षेत्रको हवाई आकाश नै बन्द गरिएको छ । सबै एयरलाइन्सले उडान रद्द गरेको तथा केही विमान अन्यत्र डाइभर्ट भएका छन् ।
हाल इरान तथा मध्यपूर्वी क्षेत्रमा बढ्दो हवाई सुरक्षा चिन्ताका कारण संसारभरका प्रमुख एयरलाइन्सहरूले धमाधम आ–आङ्खना उडान बन्द गर्ने, डाइभर्ट तथा स्थगित गर्ने निर्णय गरेका छन् । खाडीका विभिन्न गन्तव्य विमानस्थल हुँदै उड्ने सबै वायुसेवा कम्पनीहरूले यात्रुहरूसँग क्षमा माग्दै हवाई सुरक्षालाई प्राथमिकता दिएको बताएका छन् ।
अहिले इजरायल र अमेरिकाले संयुक्त रूपमा इरानमा हमला गरेपछि इरानले पनि सो क्षेत्रमा रहेका अमेरिकी सैन्य आधार शिविरमा आक्रमणको प्रयास गरेको छ । सोही कारण मध्यपूर्वी क्षेत्रको आकाश असुरक्षित भएपछि हवाई सेवा प्रदायकहरूले उडान रद्द गरेका हुन् ।
अहिले भर्जिन एटलान्टिक एयरलाइन्सले लन्डनको हिथ्रोबाट दुबई जाने आङ्खनो भीएस४०० उडान सेवा रद्द गरेको जनाएको छ । सो वायुसेवा कम्पनीले मालदिभ्स, भारत र साउदी अरेबियातर्फका उडानहरूमा नयाँ रुट प्रयोग गर्नुपर्ने भएकाले आ्यना यात्रुलाई यात्रा अवधि थप लम्बिन सक्ने चेतावनी दिएको छ ।
यसैगरी, ब्रिटिस एयरवेजले पनि तेल अबिव र बहराइनका उडानहरू बुधबारसम्मका लागि रद्द गरेको छ । शनिबार राति ओमान जाने उडान पनि स्थगित गरिएको सो वायुसेवा कम्पनीले जनाएको छ ।
सो एयरलाइन्सले आङ्खनो दोहातर्फ जाँदै गरेको एउटा विमानलाई बीचबाटोबाटै तत्काल फर्कन आदेश दिइएको थियो । खाडी क्षेत्र पुग्नै लागेको सो विमान केही घण्टापछि दुई सयभन्दा बढी यात्रु लिएर पुनः लन्डनतर्फ नै फर्किएको थियो । बढ्दो तनावका कारण अर्को वायुसेवा विज एयरले पनि मध्यपूर्वको इजरायल, दुबई, अबुधाबी र ओमानका सबै उडान आगामी शनिबारसम्मका लागि स्थगित गरेको बताएको छ । त्यस्तै साउदी अरेबियातर्फका उडानहरू पनि आगामी मंगलबारसम्मका लागि रद्द गरिने जनाएको छ ।
इमिरेट्स एयरलाइन्सले पनि आगामी केही समयका लागि आङ्खनो सबै उडान रोकेको बताएको छ । अहिले काठमाडौंसम्मको उडान भर्ने एयर इन्डिया र टर्किस एयरलाइन्सले पनि खाडी क्षेत्रका विमानस्थलमा सबै उडान रद्द गरेको घोषणा गरेका छन् । खाडी राष्ट्रमा उत्पन्न यस्तो तनावले बाध्यताले वैदेशिक रोजगारीका लागि खाडी क्षेत्र पुगेका नेपाली कामदार प्रत्यक्ष मारमा पर्नेछन् ।






