चार्जमा राखेको मोवाइलबाट कुरा गर्दा एक महिला गम्भीर घाइते

राजविराज । मोवाइल चार्जमा लगाएर कुराकानी गर्दा एक महिला करेन्ट लागेर गम्भीर घाईते भएका छन् । आइतबार विहान चार्जमा लगाइएको मोवाइलबाटै घर बाहिर रहेका आफन्तसँग कुराकानी गर्दै गरेको अवस्थामा अचानक करेन्ट प्रवाह भई सप्तरीको महदेवा गाउँपालिका २ की २४ बर्षीया विमला ठाकुर गम्भीर घाइते भएकी हुन् ।

उनको सप्तरी सदरमुकाम राजविराज स्थित गजेन्द्रनारायण सिंह अस्पतालको आकस्मिक कक्षमा उपचार भईरहेको छ । विद्युतीय वोर्डमा चार्जमा लगाइएको अवस्थामै मोवाईलबाट कुराकानी गरिरहेका बेला अचानक तारबाट बगेको करेन्टले ठाकुर बेहोस भएकी थिईन् ।

उनलाई तत्कालै आफन्तले अस्पताल पुर्याएका थिए । जिल्लामा पटक पटक यस्ता घट्ना दोहोरिने गरेको भएपनि सावधानी नअपनाउँदा र लापरवाही पुर्वक मोवाइल चलाउँदा यस्ता घट्नाले निरन्तरता पाईरहेको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. अवधेश मिश्राको भनाई छ ।

मोवाइललाई विद्युतीय उपकरणमा चार्जमा लगाएर कुराकानी गर्नु जोखिमपुर्ण हुने भएकाले यसतर्फ सावधान रहन तथा विद्युतीय वोर्डमा चार्जका लागि जोडिएका मोवाइल बाहिर निकालेर मात्र कुराकानी गर्न विद्युत प्राधिकरणका अधिकारीहरुको सुझाव छ ।

तपाइको प्रतिक्रिया
(Visited 254 times, 1 visits today)

epaper

ताजा समाचार

पार्टी र सरकारबीच समन्वयको अभाव छैन : सभापति लामिछाने