ललितपुर । ऐतिहासिक तथा सांस्कृतिक रूपमा ललितपुरमा मनाउँदै आएको उपत्यकाकै सबैभन्दा लामो जात्राका रूपमा परिचित रातो मच्छिन्द्रनाथको रथारोहण भएको छ ।
वर्षा र सहकालको देवताका रुपमा हरेक वर्ष मनाइने यस जात्राअनुसार यस वर्ष पनि तिथिअनुसार शनिबार रथारोहण गरिएको हो । गुठी संस्थानका अनुसार रथ निर्माण सम्पन्न भएसँगै शनिबार मच्छिन्द्रबहालबाट रातो मच्छिन्द्रनाथको मूर्ति पुलचोक पुर्याई पूजाअर्चना गरी रथमा विराजमान गराइएको हो ।
रथ निर्माणसँग सम्बन्धित बाराही नाइके प्रेम महर्जनका अनुसार पूजाहारी जलपानेजु र खलपानेजुमार्फत विधिपूर्वक पूजा सम्पन्न गरी रथारोहण गरिएको हो । तिथिअनुसार आगामी वैशाख ८ गते बेलुकी पुलचोकबाट रथ गाबहालतर्फ तानिनेछ ।
तपाइको प्रतिक्रिया
(Visited 22 times, 1 visits today)
सम्बन्धित समाचार
रामपुरमा अन्तरराष्ट्रिय मौरी सम्मेलन
बुङालुङ पार्कमा बहुसांस्कृतिक संग्राहलय
सात वर्षमा पनि छ किमी सडक कालोपत्र भएन
दैलेखमा यौन तथा प्रजनन स्वास्थ्य सुधार परियोजना शुभारम्भ
तनहुँ जलविद्युत् आयोजनाद्वारा किसानलाई कृषि सामग्री वितरण, जीविकोपार्जन सुधारमा जोड
सवारी दुर्घटनामा घाइते प्रहरी निरीक्षक लामाको मृत्यु
चौथो गोरखा–जितगढी पदयात्रा आइपुग्यो पाल्पा
गुल्मीमा साढे तीन वर्षमा तीन सयबढी बेपत्ता






