पर्यटन प्रवद्र्धनका लागि धनगढीको टोली अपि हिमाल बेस क्याम्पतर्फ

धनगढी । सुदूरपश्चिम प्रदेशको पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यका साथ धनगढी उपमहानगरपालिकाको एक टोली अपि हिमाल बेस क्याम्प यात्रामा निस्किएको छ । ‘हाम्रो सुदूरपश्चिम हामी चिनाउँछौँ’ भन्ने नारासहित धनगढी उपमहानगरपालिकाका मेयर गोपाल हमालको नेतृत्वमा ३० सदस्यीय टोली सोमबार त्यसतर्फ प्रस्थान गरेको हो ।

सुदूरपश्चिमका पर्यटकीय गन्तव्यहरूलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा प्रवद्र्धन गर्ने लक्ष्यका साथ मेयर हमाल स्वयं यात्रामा सहभागी भएका हुन् । यसअघि उद्योग वाणिज्य संघको नेतृत्व सम्हाल्दा उनले ‘सुन्दर सुदूरपश्चिम’अभियान सुरु गरेका थिए । सोही अभियानको निरन्तरता स्वरूप अहिले स्थानीय सरकारकै पहलमा हिमाली तथा पर्यटकीय क्षेत्रको प्रचार–प्रसारका लागि यो कदम चालिएको उनले बताएका छन् ।

टोलीले १० दिनको कार्यतालिका तय गरेर निस्किएको छ र अपि हिमालको आधार शिविरसम्म पदयात्रा गर्नेछ । धनगढीबाट बसमार्फत यात्रा सुरु गरेको टोली निर्धारित स्थानसम्म पुगेपछि पैदल यात्रा गर्दै बेस क्याम्पसम्म पुग्ने लक्ष्य राखिएको छ। यस यात्राबाट सुदूरपश्चिमका ओझेलमा परेका पर्यटकीय सम्भावनाहरू उजागर हुने अपेक्षा गरिएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 20 times, 1 visits today)

epaper

ताजा समाचार

वैशाख १६ देखि राष्ट्रिय रापिड तथा ब्लिट्ज चेस च्याम्पियनसिप