काठमाडौं । अन्तर्राष्ट्रिय श्रमिक दिवसका सन्दर्भमा नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट)ले नौबुँदे घोषणापत्र सार्वजनिक गरेको छ। मंगलबार पत्रकार सम्मेलन गर्दै श्रमिकको हकहितका पक्षमा विभिन्न शीर्षकमा घोषणापत्र सार्वजनिक गरेको हो।
जसअन्तर्गत सम्मानजनक पारिश्रमिक, सर्वकालीन सामाजिक सुरक्षा, पारिश्रमिकसहित इन्टर्नसिप र तालिम, सीप क्रान्ति, श्रमिक उद्योग सहकार्य, महिला श्रमिक सशक्तिकरण, आप्रवासी श्रमिक संरक्षणलगायत पक्षमा श्रमिकको अधिकार सुनिश्चित गर्ने कार्ययोजना जिफन्टले घोषणापत्रमा उल्लेख गरेको छ।
ट्रेड युनियन आन्दोलनलाई गति दिन जिफन्टले उत्पादक, शक्तिको विकास, प्रविधिमैत्री श्रमिक आन्दोलन, राष्ट्रिय समृद्धि र श्रमिक हित सहितको एकतालाई वैचारिक आधारका रुपमा लिएको जनाएको छ।
त्यस्तै, जिफन्टले नेपाल ट्रेड युनियन आन्दोलनले वर्तमान अवस्थामा सामना गर्नुपर्ने चुनौतीमध्ये, स्वचालन र कृत्रिम बुद्धिमत्ता (एआई), बसाइँसराइ, बढ्दो महँगी र ज्याला स्थिरता, ट्रेड युनियन सान्दर्भिकताको अध्ययन र विश्लेषण गर्नुपर्ने बताएको छ।
पत्रकार सम्मेनलमा जिफन्टका अध्यक्ष विनोद श्रेष्ठले मे दिवसका सन्दर्भमा नयाँ आयामका साथ श्रमिकको पक्षमा अभियान सुरु गरिने जानकारी दिए। उनका अनुसार श्रमिकको हकअधिकारका ’bout सुचना लेखिएको करिब १५ लाख पर्चा घरदैलोमा पुर्याउनाका साथै मे दिवसको दिन मे १ तारिखमा काठमाडौँमा बृहत् र्याली गरिने समेत बताए।
“श्रमिकको पारिश्रमिकसँगै उहाँहरुको अधिकारको कार्यान्वयन पक्ष के कति छ भनेर बहस गर्ने बेला आएको छ,” उनले भने, “हामीले नयाँ शैलीबाट युवा पुस्तालाई समेट्दै श्रमिक आवाज बलियो बनाउने तयारीमा छौँ।”
सम्बन्धित समाचार
सिरहाको सलहेश फूलबारीमा भक्तजनको घुइँचो
मनाङमा ट्रक दुर्घटना हुँदा चालकको मृत्यु
मर्स्याङ्दी ड्याममा एक जना बेपत्ता, खोजीकार्य जारी
सात करोडमा बन्यो जिल्ला प्रशासन कार्यालय नवलपरासी भवन
आचार्य कृष्णलाई धनगढीले दियो शिक्षामार्फत छुवाछुत अन्त्य गर्ने जिम्मेवारी
प्रधानमन्त्री बालेन्द्र शाह विश्वका १०० प्रभावशाली व्यक्तिको सूचीमा समावेश
कांग्रेसले सोध्यो कार्यवाहक सभापतिलाई स्पष्टीकरण, असन्तुष्टसँग वार्ता गर्ने जिम्मा सभापतिलाई
अठार वर्षपछि सडक स्तरोन्नति गर्न थालियो






