काठमाडौं । सर्वोच्च अदालतले मेडिकल व्यवसायी तथा अभियान्ता दुर्गा प्रसाईंलाई पक्राउ गर्नुको कारणसहित २४ घण्टाभित्रमा लिखित जवाफ पेस गर्न आदेश दिएको छ।
प्रसाईंले दायर गरेको बन्दी प्रत्येक्षीकरणको निवेदनमा सुनुवाइ गर्दै सर्वोच्च अदालतका न्यायाधीश महेश शर्मा पौडेलको इजलासले बाटाको म्याद बाहेक २४ घण्टाभित्रमा लिखित जवाफ पेश गर्न जिल्ला प्रहरी कार्यालय पर्सा लगायतलाई आदेश दिएको हो।
यस्तै आगामी पेसीमा महान्यायाधिवक्ता कार्यालयका वकिल मार्फत प्रसाईंमाथिको अनुसन्धानको फयाल पेश गर्न पनि सर्वोच्चको आदेश छ।
प्रसाईंलाई दुई दिनअघि प्रहरीले पर्साबाट पक्राउ गरेको छ। आफूलाई गैरकानुनी रुपमा हिरासतमा राखिएको दाबी गर्दै प्रसाईका तर्फबाट बन्दी प्रत्यक्षीकरणको रिट दायर भएको हो।
तपाइको प्रतिक्रिया
(Visited 123 times, 1 visits today)






