काठमाडौं । ‘हिमालयन लिटरेचर फेस्टिभल एण्ड राइटर्स वर्कशप २०२६’ आगामी मे २९ देखि जुन ५ सम्म काठमाडौंमा आयोजना हुने भएको छ। आयोजकले पत्रकार सम्मेलनमार्फत फेस्टिभलको औपचारिक घोषणा गरेका हुन्।
एनसेल फाउन्डेसनको सहकार्यमा आयोजना हुने यस अन्तर्राष्ट्रिय साहित्यिक महोत्सवमा नेपाल तथा विश्वका प्रतिष्ठित कवि, उपन्यासकार, अनुवादक, चलचित्रकर्मी, पत्रकार र विद्वानहरूको सहभागिता रहनेछ।
कार्यक्रम नेपाली साहित्यमा गुरु प्रसाद मैनालीको योगदानको सम्मानमा समर्पित गरिएको छ। आठ दिनसम्म चल्ने महोत्सवमा कविता वाचन, मास्टर क्लास, कार्यशाला, साहित्यिक संवाद, चलचित्र प्रदर्शन, सांस्कृतिक भ्रमण तथा सिर्जनशील लेखन सम्बन्धी विविध सत्रहरू सञ्चालन गरिनेछ।
महोत्सवमा पुलित्जर पुरस्कार विजेता ट्रेसी के। स्मिथ, पल मल्डुन, उपन्यासकार जीन ह्यान्फ कोरेलिट्ज लगायत नेपाल तथा विभिन्न देशका साहित्यिक व्यक्तित्वहरूको सहभागिता रहनेछ।
त्यस्तै, एनसेल फाउन्डेसनले साहित्य, सिर्जनशीलता र सांस्कृतिक आदानप्रदानलाई प्रवर्द्धन गर्ने उद्देश्यले यस सहकार्य गरिएको जनाएको छ।
महोत्सव अन्तर्गत विभिन्न चलचित्र प्रदर्शन, सांस्कृतिक सम्पदा स्थल भ्रमण तथा साहित्य र कलासम्बन्धी अन्तरविषयक छलफलहरू पनि समावेश गरिनेछ।
सम्बन्धित समाचार
महंगियो चलचित्र सम्बन्धी संघ संस्थाका उम्मेदवारी दस्तुर
चलचित्र ‘आइ एम जीत बहादुर’ शीर्ष गीत सार्वजनिक
७९ औँ कान्स फेस्टिभल सुरु, पिटरलाई ‘पाल्मे डी’ओर’ पुरस्कार
कलाकार फेरबदलका कारण ३९ दिनमा सकियो ‘जलाकी’
‘मालती मंगले’ र ‘गुरुआमा’ चालेनन्, ‘लालीबजार’ नाफातिर
निर्देशक समाजको अध्यक्षमा अरुणकुमार प्रधान
विल्सनको ‘फुर्के नम्बर १’ फेरी सुरु
चलचित्र पत्रकारिता दिवसः पत्रकारहरू पुरस्कृत






