सुवर्णको स्वर र संगीतमा माया बनेर… रिलिज

काठमाडौं । गायक तथा संगीतकार सुवर्ण कुमारले आफ्नो स्वरमा नयाँ गीत माया बनेर…को भिडियो दर्शकमाझ ल्याएका छन् । गीतको शब्द र संगीत संयोजन पनि उनकै हो । यो गीतमा प्रयोगको रुपमा सुवर्णले नारी स्वर भने एआईबाट राखेका छन् ।

यो गीतको भिडियोलाई भिडियो क्राफ्ट नेपाल युट्युव च्यानलबाट रिलिज गरिएको छ। यो गीतको भिडियोलाई मनराम केसीले निर्देशन गरेका छन् । गीत वियोगान्त भावको भए पनि अन्त्यमा मिलनको कथा यसमा छ ।

भिडियोमा कलाकारहरु शिव राउत, सञ्जिता केसीसँगै अशोक राना मगर, रश्मी सुन्दास, ईश्वर थापा र चन्द्र मगरले अभिनय गरेका छन् । एस कुमारको सम्पादन तथा छायांकन रहेको यो गीतको भिडियोको निर्माता अशोक राना मगर हुन् ।

तपाइको प्रतिक्रिया
(Visited 25 times, 1 visits today)

epaper

ताजा समाचार

बालिका करणी अभियोगमा बिपिन पक्राउ