आगामी वर्षको बजेट २१ खर्ब २४ अर्ब (पूर्णपाठ)

अर्थमन्त्री डा. स्वर्णिम वाग्ले प्रतिनिधिसभा र राष्ट्रिय सभाको संयुक्त बैठकमा शुक्रबार आगामी आर्थिक वर्ष २०८३/८४ को राजश्व र व्ययको वार्षिक अनुमान (बजेट) प्रस्तुत गर्नुहुँदै । तस्बिर : रत्न श्रेष्ठ / रासस

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि २१ खर्ब २४ अर्ब ३४ करोड रुपैयाँ बराबरको बजेट सार्वजनिक गरेका छन्।

सङ्घीय संसद्को संयुक्त बैठकमा शुक्रबार बजेट वक्तव्य प्रस्तुत गर्दै उनले उत्पादन वृद्धि, रोजगारी सिर्जना र प्रशासनिक सुधारलाई प्राथमिकतामा राखेर खर्चको अनुमानित विवरण पेश गरेका हुन्।

विनियोजित बजेटमध्ये सरकारले चालु खर्चतर्फ १२ खर्ब ७० अर्ब रुपैयाँ र पूँजीगत (विकास) खर्चतर्फ ४ खर्ब ३१ अर्ब रुपैयाँ छुट्याएको छ।

त्यसैगरी, वित्तीय व्यवस्थातर्फ ४ खर्ब २२ अर्ब रुपैयाँ विनियोजन गरिएको अर्थमन्त्री वाग्लेले जानकारी दिए।

बजेटको खर्च धान्ने स्रोततर्फ सरकारले राजस्वबाट १४ खर्ब ४ अर्ब रुपैयाँ सङ्कलन गर्ने लक्ष्य लिएको छ। वैदेशिक अनुदानबाट ६१ अर्ब ७४ करोड रुपैयाँ र वैदेशिक ऋणबाट २ खर्ब ४७ अर्ब रुपैयाँ जुटाइने बजेटमा उल्लेख छ।

राजस्व र वैदेशिक सहायताले नपुग्ने बाँकी न्यून हुन आउने ४ खर्ब १० अर्ब रुपैयाँ भने आन्तरिक ऋणबाट व्यवस्थापन गरिने अर्थमन्त्रीले बताए।

https://drive.google.com/file/d/1BxtA764jJzqqLHfib5Ks3NYzvpOs5S0U/view

तपाइको प्रतिक्रिया
(Visited 30 times, 1 visits today)

epaper

ताजा समाचार

बालिका करणी अभियोगमा बिपिन पक्राउ