कर्णाली नदीमा बेपत्ता भएको फोर्स गाडी र यात्रुको अवस्था अझै अज्ञात

सुर्खेत । दुर्घटनापछि बिहीबार बिहान ११ः३० बजे दैलेखस्थित कर्णाली नदीमा बेपत्ता भएको फोर्स गाडी र यात्रुको अवस्था अझै अज्ञात छ । शुक्रवार २६ घण्टा बितिसक्दा पनि गाडी र यात्रु’bout कुनै विवरण फेला पर्न नसकेको हो ।

कर्णाली नदीको पानी धमिलो भएका कारण खोजी कार्यमा कठिनाइ भइरहेको जिल्ला प्रहरी कार्यालय दैलेखका प्रहरी निरीक्षक पुष्पराज रोकायले बताए ।

‘सशस्त्र प्रहरी बलको ६ जनाको तालिम प्राप्त गोताखोर टोली समेत परिचालित भई खोजी कार्य भइरहेको छ,’ उनले भने, ‘तर धमिलो पानीका कारण कतै विवरण फेला परेको अवस्था छैन ।’

साथै, गाडीमा सवार यात्रुको सङ्ख्या पनि अहिलेसम्म यकिन हुन सकेको छैन । बिहीबार वीरेन्द्रनगरबाट जाँदा ५ जना जति गएको र बिचमा अन्य यात्रु बोकेर १४ जनासम्म रहेको अनुमान प्रहरीले गरेको थियो । हालसम्म सवारी साधनमा सवार यात्रु सङ्ख्या हालसम्म यकिन हुन नसकेको रोकायाले बताए ।

यद्यपि प्रारम्भिक अनुसन्धान अनुसार उक्त गाडीमा अन्दाजी ५/६ जना यात्रुहरू सवार हुन सक्ने अनुमान उनको भनाइ छ । ‘यात्रुहरूको थप यकिन विवरण सम्बन्धमा खोज तथा अनुसन्धान कार्य जारी रहेको छ,’ उनले भने ।

तपाइको प्रतिक्रिया
(Visited 57 times, 1 visits today)

epaper

ताजा समाचार

ठमेल पर्यटन विकास परिषद्को अध्यक्षमा डंगोल