‘वेलकम टु द जंगल’ पहिलो हप्तामा १३७ करोड

मुम्बई । लामो समयदेखि बलिउड अभिनेता अक्षय कुमारको चलचित्रले राम्रो परिणाम दिन सकेको थिएन । तर उनको नयाँ चलचित्र ‘वेलकम टु द जंगल’ले सुखद व्यवसाय गरिरहेको छ ।अहमद खान निर्देशित ‘वेलकम टु द जंगल’ कलेक्सनमा सातौँ दिनमा १०० करोड भन्दा माथिको व्यापार गरेको छ ।

यो चलचित्रले रिलिज भएको सातौँ दिन भारतमा समेत अहिले ९ हजार ९१७ सोहरू पाएको छ । यो चलचित्रले रिलिज भएको सातौँ दिन बिहीबार भारतमा ५.२५ करोड रुपैयाँ आम्दानी गरेको छ । यो चलचित्रले छैटौँ दिन बुधवार भारतमा ६.१५ करोड रुपैयाँको व्यापार गरेको थियो ।
यो चलचित्रको पहिलो हप्ताको कमाई स्वदेशी बक्स अफिसबाट ११०.६२ करोड रुपैयाँ पुगेको छ । पहिलो दिन १५.२५ करोडको व्यापार गरेको यो चलचित्रले दोस्रो दिन शनिवार २० करोड रुपैयाँ र तेस्रो दिन आइतबार २४.७५ करोड रुपैयाँको व्यापार गरेको थियो ।

यो चलचित्रले विदेशमा भने पहिलो साता २६.४५ करोड रुपैयाँ कमाई गरेको बक्स अफिस रिपोर्टमा उल्लेख छ । यसरी यो चलचित्रको पहिलो हप्ताको कुल विश्वव्यापी कमाई १३७.०७ करोड पुगेको छ ।

अक्षय कुमार मुख्य भूमिका रहेको छ ‘वेलकम टु द जंगल’मा एक भ्रष्ट व्यापारीको कथा उठाइएको छ । कथा अनुसार ती भ्रष्ट व्यापारीले ठुलो मात्रामा नक्कली उत्पादन गरेर कालो धन लुट्ने योजना बनाउँछ । सोही अनुसार उसले सबैभन्दा खराब टोली र गलत व्यक्तिहरूको गिरोहलाई काममा राख्छ । उनीहरू दुई नम्बर कामको क्रममा खतरनाक सीमावर्ती जंगलमा फस्छन् । त्यसपछिको कथा निकै रमाइलो छ ।

अहमद खान निर्देशित यो चलचित्र ‘वेलकम’ कमेडी फ्रेन्चाइजको तेस्रो श्रृंखला हो । यसमा सुनिल शेट्टी, दिशा पटानी, ज्याकलिन फर्नान्डिज, अर्शद वारसी, ज्याकी श्राफ, परेश रावल, रविना टन्डन, लारा दत्ता, फरीदा जलाल, जोनी लिभर, श्रेयस कपाल, श्रेयस कपाल, राजपा, रविना टण्डनलगायतका कलाकारहरूको मुख्य अभिनय छ । यसमा अभिषेक, किकु शारदा, दलेर मेहन्दी, जाकिर हुसेन, उर्वशी रौतेला, स्वर्गीय पंकज धीर, सुदेश बेरी, भाग्य भानुशाली पनि विशेष भूमिकामा छन् ।

तपाइको प्रतिक्रिया
(Visited 32 times, 1 visits today)

epaper

ताजा समाचार

त्रिभुवन विमानस्थलबाट गाँजासहित भारतीय नागरिक पक्राउ