‘मुद्रास्फीति लक्ष्यअनुकूल, विदेशी मुद्रा सञ्चिति सुदृढ, निजी क्षेत्र कर्जा विस्तार अपेक्षाभन्दा कम’

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०८२-८३ को मौद्रिक नीतिको वार्षिक समीक्षा प्रतिवेदन सार्वजनिक गर्दै नीति कार्यान्वयनको प्रगति तथा प्रमुख आर्थिक सूचकहरूको अवस्था’bout जानकारी दिएको छ।

मौद्रिक नीति समीक्षा

प्रतिवेदनअनुसार चालु आर्थिक वर्षका लागि करिब ५ प्रतिशत मुद्रास्फीति कायम गर्ने लक्ष्य राखिएको थियो। पहिलो १० महिनाको औसत उपभोक्ता मुद्रास्फीति २.६६ प्रतिशतमा सीमित रहेको छ भने वार्षिक बिन्दुगत आधारमा २०८३ वैशाखमा यो दर ५.०४ प्रतिशत पुगेको उल्लेख गरिएको छ।

बाह्य क्षेत्रको स्थायित्वका सन्दर्भमा विदेशी विनिमय सञ्चिति अपेक्षाभन्दा मजबुत रहेको राष्ट्र बैंकको निष्कर्ष छ। मौद्रिक नीतिले कम्तीमा सात महिनाको वस्तु तथा सेवा आयात धान्न सक्ने सञ्चिति कायम गर्ने लक्ष्य राखेको भए पनि पहिलो १० महिनाको आयातका आधारमा बैंकिङ प्रणालीसँग रहेको सञ्चितिले २२.६ महिनाको वस्तु आयात तथा १९.२ महिनाको वस्तु र सेवा आयात धान्न सक्ने अवस्था रहेको प्रतिवेदनमा जनाइएको छ।

तपाइको प्रतिक्रिया
(Visited 26 times, 1 visits today)

epaper

ताजा समाचार

चिकित्सा शिक्षा आयोगको उपाध्यक्षमा खत्री नियुक्त