‘कमेडी च्याम्पियन’ अडिसन आजबाट, निर्णायकमा तीन जना

काठमाडौं । टेलिभिजन हास्य रियालिटी सो ‘कमेडी च्याम्पियन’ को चौथो सिजनको घोषणा गरिएको छ । आयोजक पक्षले मंगलवार यो नयाँ सिजिनको ’bout जानकारी गराएको हो । यो रियालिटी सोको विजेताले ५० लाख रुपैयाँ जित्ने छन् । जसमा २५ लाख रुपैयाँ मूल्य बराबरको गाडी र २५ लाख रुपैयाँ नगद पुरस्कार प्रदान गरने पनि आयोजकले जनाएको छ । चौथो संस्करणको यो सो आगामी साउनको पहिलो सातादेखि हिमालयन टेलिभिजनबाट प्रसारणमा आउने भएको छ ।

आयोजक पक्षले राजधानीलाई जानकारी गराए अनुसार ‘कमेडी च्याम्पियन’ चौथो सिजनको अडिसन बुधवारबाट हुँदै छ । आयोजकका अनुसार यस संस्करणमा स्ट्यान्ड–अप कमेडीलाई विशेष प्राथमिकता दिइने भएको छ । ‘कमेडी च्याम्पियन’बाटै हास्य क्षेत्रमा आएका कलाकार मेक्सम गौडेल र पूर्व मिस नेपाल नम्रता श्रेष्ठले चौथो सिजनको कार्यक्रम सञ्चालन गर्नेछन् ।

सो अडिसनको छायांकनको लागि मुलपानी स्थित स्टुडियोमा सेट तयार गरेको पनि आयोजक पक्षको कथन छ । विगतमा ‘कमेडी च्याम्पियन’मा ऋचा शर्मा, प्रदीप भट्टराई, मनोज गजुरेल र सन्तोष पन्त निर्णायक रहँदै आएका थिए । यस पटक ऋचा शर्मा नियमित निर्णायक हुनेछिन् । बाँकी दुई नयाँ निर्णायकमा हास्यव्यंग्य अभिनेता जितु नेपाल र कार्यक्रमका निर्देशक विशाल भण्डारी हरेका छन् ।
निर्णायक धेरै हुँदा एपिसोडमा प्रस्तोताको प्रस्तुति कम जाने भएकाले यस पटक निर्णायकको संख्या आफूहरूले घटाएर तीन जना बनाएको पनि आयोजक पक्षले जनाएको छ । कलाकार जितु नेपालले लोकप्रिय कमेडी रियालिटी सोमा आफू निर्णायकको रूपमा जोडिन पाउँदा खुसी लागेको बताएका छन् । बुधवारबाट अडिसनको छायांकन सुरु हुने भएकाले त्यसको तयारीमा मंगलवारबाटै टिमसँग आफू जुटेको पनि जितुले बताए ।

तपाइको प्रतिक्रिया
(Visited 89 times, 1 visits today)

epaper

ताजा समाचार

बाल संरक्षणमा उदाहरणीय काम गर्दै सीपीसीयस बेलबारी