न्युयोर्क । ‘टोटल एक्लिप्स अफ द हार्ट…’ जस्ता लोकप्रिय गीतकी गायिका बोनी टायलर अब हामीबिच रहिनन् । उनको ७५ वर्षको उमेरमा निधन भएको छ । हलिउडकी यी लोकप्रिय गायिकाको गए राति निधन भएको उनका परिवारले जनाएका छन् ।
बोनी टायलरको परिवार र टोलीले एक विज्ञप्ति जारी गर्दै गायिकाको बुधवार राती उपचारको क्रममा निधन भएको बताएका छन् । ७५ वर्षीय गायिकालाई स्वास्थ्यमा समस्या आएपछि पोर्चुगलको एक अस्पतालमा भर्ना गरिएको थियो । अस्पतालमा उपचारकै क्रममा उनको निधन भएको पनि परिवारले जनाएका छन् । निधन’boutका शोक विज्ञप्ति गायिकाको आधिकारिक इन्स्टाग्राम पृष्ठमार्फत सार्वजनिक गरिएको छ ।
‘टोटल एक्लिप्स अफ द हार्ट…’ र ‘होल्डिंग आउट फर अ हिरो…’ उनका सर्वकालिन हिट गीत हुन् । यस्ता धेरै हिट गीतहरू गाउने बोनी टायलरको दाहसंस्कारण’bout चाँडै जानकारी गराउने परिवारले जनाएका छन् । गायिका बोनी टायलरको निधन प्रति हलिउडका संगीतकर्मी तथा चलचित्रकर्मीहरूले दुःख व्यक्त गरेका छन् । परिवारबाट शोक विज्ञप्ति जारी भएसँगै बोनी टायलर प्रति देश विदेशबाट प्रशंसकहरूले सामाजिक सञ्जालमार्फत श्रद्धाञ्जली अर्पण गरेका छन् ।
बोनी टायलरलाई तीन ग्रामी अवार्ड र तीन ब्रिट अवार्डका लागि मनोनीत गरिएको थियो। २०२२ मा, उनलाई महारानी एलिजाबेथ द्वितीयले ब्रिटिस साम्राज्यको अर्डरको सदस्य नियुक्त गरेकी थिइन्। जुलाई १९७३ मा रोबर्ट सुलिभानसँग विवाह गरेकी बोनीले गायनमै आफ्नो जीवन अर्पण गरिन् ।
८ जुन १९५१ मा वेल्समा जन्मिएकी बोनी टायलरको वास्तविक नाम गेनोर हप्किन्स थियो। उनी आफ्नो जादुई आवाजका लागि हलिउडमा परिचित थिइन् । उनका गीतहरूले निरन्तर संगीत चार्टको शीर्ष स्थानमा रहने गरेका थिए । बोनीको ‘टोटल एक्लिप्स अफ द हार्ट…’ गीतको भिडियो युट्युबमा १ अर्बभन्दा बढी पटक हेरिएको छ ।
सम्बन्धित समाचार
ओस्कारमा जान ‘एलिफेन्ट्स इन द फग’ भदौमै रिलिज
‘धुरन्धर’को डिजिटल रिलिज अदालतबाट खुल्ला
मौलिक खानासँगै काठमाडौंको टोल टोलमा चलचित्र महोत्सव
‘पार्वती’को रत्यौली गीतमा दीपाश्रीको छेडखानी
अवैध अमेरिका छिर्नेहरुको पीडामा डा. चन्द्रले ल्याए ‘डंकी’
कलाकारलाई प्रविधिमा पोख्त हुन सुझाव
हलिउड गायिका टेलर र फुटबल खेलाडी ट्राभिसले गरे विवाह
चलचित्र निर्माणमा उत्रिए यी संगीतकार






