काठमाडौं । नेपाल पर्यटन बोर्डको सञ्चालक समितिमा खुला प्रतिस्पर्धामार्फत मङ्गलबार पाँच जना सदस्य नियुक्त भएका छन् । नियुक्त हुने सदस्यमा खुमबहादुर सुवेदी, सन्तोष पोखरेल, श्रीजना केसी, पेम्बा शेर्पा र डा शोभिता श्रेष्ठ ढकाल छन् ।
पर्यटन ऐन र प्रचलित कानुनी व्यवस्थाअनुसार गठन गरिएको बोर्ड सदस्य छनोट समितिले खुला आवेदनबाट प्राप्त निवेदनको मूल्याङ्कन गरी उनीहरुलाई नियुक्त गरिएको हो ।
बोर्ड सदस्यका लागि देशभरबाट एक हजार १०० वटा आवेदन परेको थियो । आवेदकको योग्यता, अनुभव, पर्यटन क्षेत्रमा गरेको योगदान, नेतृत्व क्षमता र समग्र दक्षताका आधारमा छनोट गरिएको बोर्डले जनाएको छ ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका अनुसार पर्यटन क्षेत्रको नीति निर्माण, गन्तव्य प्रवद्र्धन, लगानी आकर्षण र सार्वजनिक–निजी साझेदारीलाई मजबुत बनाउन खुला र पारदर्शी प्रक्रियाबाट सदस्य चयन गरिएको हो ।
बोर्डले नवनियुक्त सदस्यको अनुभव र नेतृत्वले नेपालको पर्यटन क्षेत्रको दिगो विकास, अन्तरराष्ट्रिय प्रवद्र्धन र निजी क्षेत्रसँगको सहकार्य विस्तारमा सहयोग पुग्ने विश्वास व्यक्त गरेको छ ।
सम्बन्धित समाचार
पेट्रोलियम पदार्थको मूल्य घट्यो
‘पेट्रोलियम पदार्थको बिक्री वितरण सहज भइसक्यो’
मौद्रिक नीतिलाई समयानुकूल बनाउन सुझाव
एनसेलका लगानीकर्ता र व्यवस्थापकविरुद्ध ठगी र आपराधिक विश्वासघातको मुद्दा
सार्वजनिक बिदामा पनि भुक्तानी प्रणाली सञ्चालन हुने
ठमेल पर्यटन विकास परिषद्को अध्यक्षमा डंगोल
पोखरेली जेठोबुढो चामल: चर्चा र माग बढ्यो, उत्पादन निराशाजनक
सुदूरपश्चिम प्रदेशको ३३ अर्ब ४३ करोडको बजेटमध्ये २० अर्ब ८३ करोड मात्रै खर्च






