इंग्ल्यान्डलाई हराएपछि अर्जेन्टिनी खेलाडीले फहराए ‘फकल्यान्ड अर्जेन्टिनाकै हो’ लेखिएको झण्डा

विश्वकप २०२६ को सेमिफाइनलमा इङ्ग्ल्यान्डलाई २–१ ले पराजित गरेपछि अर्जेन्टिनाका केही खेलाडीले “Las Malvinas Son Argentinas” (माल्भिनास अर्जेन्टिनाकै हो) लेखिएको ब्यानर प्रदर्शन गरेका छन् । माल्भिनास अर्थात् फकल्यान्ड टापु । जितपछि अर्जेन्टिनाका खेलाडी लिसान्द्रो मार्टिनेज र जियोभानी लो सेल्सोले उक्त ब्यानर समातेर मुस्कुराउँदै दर्शकतर्फ देखाएका थिए।

यो फिफाको नियमविपरित हुन सक्ने बताइएको छ। फिफाको स्टेडियम आचारसंहिताअनुसार स्टेडियमभित्र राजनीतिक, आपत्तिजनक वा विभेदपूर्ण सन्देश भएका ब्यानर, झण्डा, पर्चा, कपडा वा अन्य सामग्री प्रदर्शन गर्न पाइँदैन। यस घटना’bout फिफाले हालसम्म कुनै टिप्पणी गरेको छैन।

दक्षिण एटलान्टिक महासागरमा रहेको उक्त टापुलाई बेलायतले फकल्यान्ड भने पनि अर्जेन्टिनाले माल्भिनास भनेर चिन्ने गर्छ। यो टापुमाथिको स्वामित्वको विषय लामो समयदेखि बेलायत र अर्जेन्टिनाबीच विवादको कारण बनेको छ।

सन् १९८२ मा दुवै देशबीच यस टापाका विषयमा युद्ध भएको थियो। त्यस युद्धमा अर्जेन्टिनाका ६४९ र बेलायतका लागि लडेका २५५ गोर्खा सैनिक सैनिकको मृत्यु भएको थियो। अन्ततः बेलायतले युद्ध जितेको थियो । टापुका अधिकांश बासिन्दाले बेलायतकै हिस्सा भएर बस्न चाहेको बताएका छन्।

तर अर्जेन्टिनाले सन् १८१६ मा स्वतन्त्र भएपछि स्पेनबाट उक्त टापुमाथिको अधिकार आफूले पाएको दाबी गर्दै आएको छ। साथै, सन् १८३३ मा बेलायतले अवैध रूपमा टापु कब्जा गरेको अर्जेन्टिनाको भनाइ छ।

विश्वकपका क्रममा राजनीतिक सन्देश भएका ब्यानर देखिएको यो पहिलो घटना भने होइन। गत महिना लस एन्जलसमा इरानको खेलका बेला इरानी–अमेरिकी समर्थकहरूले तेहरान सरकारविरुद्धको विरोधको प्रतीक मानिने पूर्व–क्रान्तिकालीन इरानी झण्डा प्रदर्शन गरेका थिए। त्यसबेला भने खेल कुनै अवरोधबिना सम्पन्न भएको थियो।

तपाइको प्रतिक्रिया
(Visited 5 times, 1 visits today)

epaper

ताजा समाचार

इंग्ल्यान्डलाई हराएपछि अर्जेन्टिनी खेलाडीले फहराए 'फकल्यान्ड अर्जेन्टिनाकै हो' लेखिएको झण्डा