काठमाडौं । नेपाली बजारमा साताको पहिलो कारोबार दिन आइतबार सुन र चाँदी दुवैको मूल्य बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघले सार्वजनिक गरेको नयाँ मूल्यसूचीअनुसार सुनको भाउ प्रतितोला १ हजार ९ सय रुपैयाँले वृद्धि हुँदै २ लाख ८४ हजार रुपैयाँ पुगेको हो।
यसअघि शुक्रबार छापावाल सुन प्रतितोला २ लाख ८२ हजार १ सय रुपैयाँमा कारोबार भएको थियो। एकै दिनमा उल्लेख्य वृद्धि भएपछि सुनको मूल्य पुनः उच्च विन्दुतर्फ उन्मुख भएको देखिएको छ।
यस्तै, चाँदीको मूल्यमा पनि सामान्य वृद्धि भएको छ। आइतबार चाँदी प्रतितोला ४० रुपैयाँले बढेर ४ हजार २ सय ४० रुपैयाँ कायम भएको महासंघले जनाएको छ। शुक्रबार चाँदी प्रतितोला ४ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो।
अन्तर्राष्ट्रिय बजारमा बहुमूल्य धातुको मूल्यमा देखिएको उतारचढावको प्रभाव नेपाली बजारमा पनि पर्ने भएकाले दैनिक रूपमा सुन–चाँदीको भाउ परिवर्तन हुने गरेको व्यवसायीहरू बताउँछन्।
सम्बन्धित समाचार
मौद्रिक नीतिलाई समयानुकूल बनाउन सुझाव
एनसेलका लगानीकर्ता र व्यवस्थापकविरुद्ध ठगी र आपराधिक विश्वासघातको मुद्दा
सार्वजनिक बिदामा पनि भुक्तानी प्रणाली सञ्चालन हुने
बालेन्द्र सरकार गठनपछि नेप्से ३५० अंकले गिरावट
३४ लाख ६६ हजार लगानीकर्ता टिएमएसमार्फत शेयर कारोबारमा सक्रिय
आजबाट महँगियो शिक्षा र स्वास्थ्य
मिटरब्याज विरुद्धको आन्दोलन स्थगित, न्यायका लागि कानुनी अड्चन फुकाइने
राष्ट्र बैंकमा राजनीतिक अभिष्ट साँध्नुहुँदैनः अर्थमन्त्री डा वाग्ले






