काठमाडौँ । काठमाडौँको कीर्तिपुर नगरपालिका-१ ट्याङ्लाफाँटमा कारभित्र जलेर मृत्यु भएका व्यक्तिको पहिचान खुलेको छ। जिल्ला प्रहरी परिसर काठमाडौँका अनुसार मृतक सुरेशचन्द श्रेष्ठ रहेका छन्। उनी आगलागीमा परेको बा ५ च ३०३८ नम्बरको कारका धनीसमेत रहेको प्रहरीले जनाएको छ।
मंगलबार बिहान उक्त कारमा अचानक आगलागी हुँदा कारभित्र रहेका श्रेष्ठको घटनास्थलमै मृत्यु भएको थियो। प्रहरीले मृतकको शव परीक्षणका लागि त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल, महाराजगञ्ज पठाएको जनाएको छ।
घटनाको कारण खुल्न बाँकी रहेको भन्दै प्रहरीले आगलागीको वास्तविक कारण’bout अनुसन्धान अघि बढाएको छ।
तपाइको प्रतिक्रिया
(Visited 375 times, 1 visits today)
सम्बन्धित समाचार
ध्रुवे हात्तीको दाह्रा काट्ने तयारी
मुग्लिन-नारायणगढ सडकखण्डमा सवारीसाधन चलाउन रोक
भुटानी शरणार्थी प्रकरणः पूर्वमन्त्री रायमाझीलाई ४ वर्ष, खाँणलाई २ वर्ष कैद सजाय
राति १० बजेपछि नारायणगढ–मुग्लिन सडकमा सवारी आवागमन बन्द
हेटौँडाबाट जाने सबै मार्गमा यातायात सेवा सञ्चालन
बाटो खुलाउने प्रयास जारी, पृथ्वी राजमार्गमा कहिले चल्छ सवारी ?
मदन पुरस्कार २०८२ का लागि उत्कृष्ट १० कृति सार्वजनिक, २९८ पुस्तकबाट छनोट
नख्खुबाट लागुऔषधसहित एक जना पक्राउ






