बझाङ। बझाङको केदारस्युँ गाउँपालिका–७ भानचौरमा आज बिहान जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको प्रारम्भिक जानकारी प्राप्त भएको छ। आज बिहान ९:१० बजेको समयमा उक्त दुर्घटना भएको हो। दुर्घटनाग्रस्त जिपमा करिब १२ देखि १५ जनासम्म सवार रहेको प्रारम्भिक जानकारी प्राप्त भएको छ।
दुई जनाको घटनास्थलमै मृत्यु भएको भन्ने सूचना प्राप्त हुनासाथ प्रहरी टोली उद्धार तथा आवश्यक व्यवस्थापनका लागि घटनास्थलतर्फ खटिएको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय बझाङका प्रहरी निरीक्षक उपेन्द्र तिमिल्सैनाका अनुसार अस्थायी प्रहरी पोस्ट बिजगडाबाट प्रहरी सहायक निरीक्षक मीन चन्दको कमाण्डमा दुई जना, अस्थायी प्रहरी पोस्ट बागथलाबाट प्रहरी सहायक निरीक्षक केशवसिंह भण्डारीको कमाण्डमा दुई जना र जिल्ला प्रहरी कार्यालय बझाङबाट प्रहरी निरीक्षक तिमिल्सैनाकै कमाण्डमा सात जनाको प्रहरी टोली घटनास्थलतर्फ परिचालन गरिएको छ।
दुर्घटनास्थल जिल्ला प्रहरी कार्यालय बझाङबाट करिब ३५ किलोमिटर पश्चिममा पर्दछ। दुर्घटनाको थप विवरण, मृतकको पहिचान, घाइतेको अवस्था तथा दुर्घटनाको कारण’bout विस्तृत विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ।
घटना’bout थप विवरण प्राप्त हुन बाँकी छ।
सम्बन्धित समाचार
सभापति लामिछाने भारत जाँदै
यस्तो छ आगामी ५ दिनको मौसम पूर्वानुमान, आजदेखि नै पानी पर्ने
रंगीचंगी फूलले फेरिँदै धनगढीको मुहार, सडक र चोकमा बगैँचाको झल्को
शरद् ऋतुमा ४४ हिमाल आरोहण गर्न ७६ देशका आरोहीलाई अनुमति
पृथ्वी राजमार्गसहित मुलुकका १२ भन्दा बढी सडक अवरुद्ध
धनगढीको ‘गौशाला मोडल’ : छाडा चौपाया व्यवस्थापनसँगै दूध र मल बिक्रीबाट आम्दानी
धनगढीको फूलबारीमा १५ शय्याको अस्पताल सञ्चालनमा
तिहारमा प्लास्टिकका फूलमाला बिक्रीमा रोक, प्राकृतिक फूलका लागि २६ स्थान तोकिए






