राजविराज । आइसियु सेवा अभावका कारण रेफर गरिएकी सर्पदेशबाट पीडित एक महिलाको मृत्यु भएपछि आफन्त आन्दोलित भएका छन् ।
मृतकका आफन्तले सोमबार बिहानै देखि चिकित्सकको लापरवाही तथा आवश्यक उपकरणको अभावमा यस्तो दुःखद घट्ना भएको भन्दै राजविराज स्थित गजेन्द्रनाराण सिंह अस्पताल परिसरमा प्रदर्शन गरेका छन.।
उनीहरुले उक्त घटना’bout सत्यतथ्य छानवीन हुनुपर्ने माग समेत गरेका छन । प्राप्त घटना विवरण अनुसार राजविराज नगरपालिका वडा नं. १५ देउरी भररुवा टोलकी कबिता यादवलाई आईतबार साँझ ७ बजेतिर बिषालु सर्पले डसेको थियो । ४० बर्षीया यादवलाई राति ८ बजेतिर उपचारका लागि उक्त अस्पताल पुर्याइएको थियो ।
चिकित्सकका अनुसार केहीबेर उपचार गर्दा निको नभएको अस्पतालमा आइसियु सेवा उपलब्ध नभएका कारण राती साढे ८ बजेतिर उनलाई रेफर गरिएको थियो । परिवारजनका अनुसार बाटोमा कबितालाई सास फेर्न धेरै अप्ठेरो भइरहेको थियो । अस्पतालले रेफर गरिदिए पछि तत्कालै एम्बुलेन्सको व्यवस्था गरी परिवारजनले कवितालाई विराटनगर स्थित गोल्डेन अस्पताल पुर्याएका थिए । तर, केही बेरको जाँच र उपचार पछि डाक्टरले मृत घोषणा गरेको मृतकका भाई मनोजले सुनाए ।
प्रारम्भिक उपचार गरिएको गजेन्द्रनारायण सिंह अस्पतालका चिकित्सकको ढिलाई र लापरवाहीका कारण कविताको मृत्यु भएको भन्दै आफन्तजनले प्रदर्शनमा उत्रिनु परेको बताएका छन् ।
पीडित परिवार र आफन्तले घटनाको छानवीन गरी दोषी चिकित्सक माथि कारबाही र पीडित परिवारलाई क्षतिपुर्ती दिन माग गरेका छन् । उनीहरुले अस्पतालमा आइसीयु सेवा सञ्चालन गर्न समेत माग गरेका छन् । अस्पतालका मेसु डाक्टर विरेन्द्र मंडलले उक्त प्रकरण’bout सत्यतथ्य छानवीन गर्न जिल्ला बाहिरका एउटा विशेषज्ञ टोली गठन गर्न आफुले पनि स्थानिय प्रशासनलाई अनुरोध सहित पत्राचार गरेको सुनाए ।
उनले अस्पतालमा आइसियु सेवा सञ्चालन हुन नसक्दा गम्भिर प्रकृतीका विरामीलाई रेफर गर्नुपर्ने बाध्यता रहेको भन्दै यस सम्बन्धमा माथिल्लो निकायमा समेत जानकारी गराई आवश्यक पहल गरिरहेको बताए ।
यता अस्पताल परिसरमा मृतकका आफन्तले चिकित्सक विरुद्ध प्रदर्शनमा उत्रिएपछि सुरक्षाका लागि ठूलो संख्यामा प्रहरी परिचालन गरिएको छ भने पीडित, आफन्त र अस्पताल प्रशासनबीच सहमतिको प्रयास गरिरहेको स्थानिय प्रशासनले जनाएको छ ।
गर्मी र बर्षा संगै राजविराज सहित आसपासका क्षेत्र सर्पको डसाई एक्कासी बढेको छ । सर्पको डसाईबाट दैनिक ३ देखि ७ जना सम्म विरामी आउने गरेको अस्पताल प्रशासनले जनाएको छ ।
सम्बन्धित समाचार
आम महिला मोर्चाको केन्द्रीय अध्यक्षमा कुमारी बबिता
खान अयोग्य मिठाई विक्री गर्ने वीरगन्जका ३ पसल दण्डित
उच्च अदालतद्वारा एक बर्षमा ४ हजारभन्दा बढी मुद्दा फछ्र्योट
लहानमा रासायनिक मलको पर्याप्त मौज्दात, थप आपूर्ति पनि हुँदै
मधेसमा ‘बफर’ कोटाको रसायनिक मल वितरण सुरु
मधेसका अधिकांश जिल्लामा धान रोपाइँ अन्तिम चरणमा
कृषि मन्त्रीको असक्षमताले रासायनिक मलको हाहाकार : प्रभु साह
सरकार बदलियो तर देशको सिच्युएशन बदलिएन : प्रभु साह






