देवानगञ्ज घटनामा गोली चल्नुपर्ने अवस्थावारे गगन थापाको प्रश्न, निष्पक्ष छानबिनको माग

काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगनकुमार थापाले सुनसरीको देवानगञ्ज गाउँपालिका-३, कप्तानगञ्जमा भएको घटनाप्रति दुःख व्यक्त गर्दै राज्य संयन्त्रको भूमिका’bout प्रश्न उठाएका छन् ।

थापाले सोमबार जारी गरेको विज्ञप्तिमार्फत घटनामा ज्यान गुमाएका नागरिकप्रति श्रद्धाञ्जली व्यक्त गर्दै शोकसन्तप्त परिवारजनप्रति समवेदना प्रकट गरेका छन् । उनले घटनामा घाइते भएका नागरिक तथा सुरक्षाकर्मीको शीघ्र स्वास्थ्य लाभको कामना समेत गरेका छन् ।

उनले सामाजिक सद्भावमा असर पार्न सक्ने संवेदनशील अवस्थामा राज्य संयन्त्र थप जिम्मेवार, संयमित र सतर्क हुनुपर्ने धारणा व्यक्त गरेका छन् । नागरिकको मृत्यु हुने गरी सुरक्षाकर्मीले गोली चलाउनुपर्ने परिस्थिति कसरी सिर्जना भयो भन्ने विषयमा उनले सरकारसँग जवाफ माग गरेका छन् ।

थापाले समयमै जोखिमको पहिचान, समन्वय र आवश्यक सुरक्षा सतर्कता अपनाउन सके घटना नियन्त्रण गर्न सकिने अवस्था हुँदाहुँदै मानवीय क्षति हुने अवस्था आउनु दुःखद भएको उल्लेख गरेका छन् ।

उनले घटनाको सत्यतथ्य पत्ता लगाउन तत्काल निष्पक्ष, स्वतन्त्र र विश्वसनीय छानबिन गर्न सरकारको ध्यानाकर्षण गराएका छन् । साथै घाइतेहरूको प्रभावकारी उपचार तथा मृतकका परिवारलाई आवश्यक सहयोग उपलब्ध गराउन ढिलाइ नगर्न आग्रह गरेका छन् ।

घटनापछि प्रभावित क्षेत्रमा शान्ति सुरक्षा कायम गर्दै जनविश्वास पुनःस्थापना गर्ने गरी संवेदनशीलताका साथ अवस्था व्यवस्थापन गर्नुपर्ने थापाको भनाइ छ ।

उनले स्थानीय बासिन्दा, सामुदायिक संस्था, नागरिक समाज तथा राजनीतिक दललगायत सबै पक्षलाई संयमता अपनाउन, अपवाह र उत्तेजनाबाट टाढा रहन तथा सामाजिक सद्भाव कायम राख्न योगदान गर्न आग्रह गरेका छन् ।

तपाइको प्रतिक्रिया
(Visited 84 times, 1 visits today)

epaper

ताजा समाचार

अनसनरत डा. केसीद्वारा औषधि लिन अस्वीकार