पाकिस्तानको ब्रड पिक हिमपहिरोमा निर्मल पुर्जासहित १० जना आरोही बेपत्ता

काठमाडौं । पाकिस्तानको ब्रड पिक हिमपहिरोमा विश्वप्रसिद्ध नेपाली पर्वतारोही निर्मल पुर्जा (निम्सदाइ) र पाकिस्तानी आरोही सोहेल साखीसहित १० जना आरोही बेपत्ता भइरहेका छन् ।

पाकिस्तानको अल्पाइन क्लब अफ पाकिस्तान (एसीपी) का अनुसार बेपत्ता हुनेमा ६ जना नेपाली, एक पाकिस्तानी, एक ओमानी, एक अमेरिकी र एक चिनियाँ आरोही रहेका छन्।

बेपत्ता हुने नेपाली आरोहीहरूमा निर्मल पुर्जा, पुरबहादुर गुरुङ, किली पेम्बा शेर्पा, नीमा शेर्पा, नावाङ थिन्दु शेर्पा र ग्यालु शेर्पा छन्। अन्य बेपत्ता आरोहीहरूमा ओमानकी नधिरा अहमद अब्दुल्लाह अल हार्थी, पाकिस्तानका सोहेल साखी, चीनका वाङ झोङ तथा अमेरिकाकी म्यालोरी गाइस रहेका छन्।

एसीपीले शुक्रबार जारी गरेको विज्ञप्ति अनुसार, एसीपीका वरिष्ठ उपाध्यक्ष करार हैदरीले पाकिस्तान सेनाको एभिएसन शाखाका दुई उद्धार हेलिकोप्टर, उद्धारकर्मी र विशेष उपकरणसहित उनीहरुको खोज तथा उद्धार अभियान जारी रहेको छ।

‘मौसम र सञ्चालन अवस्थाले साथ दिएलगत्तै हेलिकोप्टर सहयोग तथा उपलब्ध सबै उद्धार स्रोत परिचालन गर्न हरसम्भव प्रयास भइरहेको छ,’ विज्ञप्तिमा भनिएको छ।

तपाइको प्रतिक्रिया
(Visited 34 times, 1 visits today)

epaper

ताजा समाचार

भाडा नतिरेपछि सार्वजनिक पुस्तकालयसहितका ‘स्टल’ बन्द