काठमाडौं । नेपाली कांग्रेसको संस्थापनइतर समूहले पूर्वमहामन्त्री डा. शशांक कोइरालाको संयोजकत्वमा ५५१ सदस्यीय ‘राष्ट्रिय भेला मूल आयोजक समिति’ गठन गरेको छ । समूहको सम्पर्क कार्यालय चुनदेवीमा आज शनिबार आयोजित पत्रकार सम्मेलनमार्फत सो जानकारी दिइएको हो । पार्टीको राष्ट्रिय भेलालाई व्यवस्थित रूपमा सम्पन्न गर्न सो समिति र त्यसनिम्ति आवश्यक अन्य विभिन्न उपसमिति घोषणा गरिएको पनि पत्रकार सम्मेलनमार्फत जानकारी दिइएको छ ।
नेता मीनबहादुर विश्वकर्माले आयोजक समितिमा पार्टीका १४औँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय पदाधिकारी, सदस्यहरू, प्रदेश कार्यसमितिका सभापति एवं पदाधिकारी, जिल्ला सभापतिहरू, उपत्यकाभित्रका जिल्ला कार्यसमिति पदाधिकारीहरू, महानगर तथा नगर सभापतिहरूलाई समावेश गरिएको जानकारी दिए । यस्तै, संघीय तथा प्रदेश सांसदहरू, पूर्वमन्त्रीहरू, भ्रातृ एवं शुभेच्छुक संस्थाका केन्द्रीय प्रमुखहरूलाई पनि मूल आयोजक समितिमा पदेन सदस्यका रूपमा समेटिएको उनले बताए ।
राष्ट्रिय भेलालाई नीतिगत र व्यवस्थापकीयरूपमा सफल बनाउन विभिन्न १६ विषयगत समिति समेत गठन गरिएको र यसमा राजनीतिक प्रस्ताव तयारी समिति, सांगठनिक प्रस्ताव तयारी समिति, विधान संशोधन मस्यौदा समिति र आर्थिक नीति तयारी समिति रहेको उनको भनाइ छ ।
व्यवस्थापकीय जिम्मेवारीका लागि प्रचारप्रसार, आर्थिक व्यवस्थापन, आवास तथा भोजन, मञ्च व्यवस्थापन, स्वयंसेवक परिचालन र स्वास्थ्यलगायत समितिहरू निर्माण गरिएको र शान्ति सुरक्षा तथा प्रशासन समन्वय र सचिवालय व्यवस्थापन समितिलाई पनि उत्तिकै प्राथमिकता दिइएको उनले बताए ।
नेता विश्वकर्माले विषयगत समितिहरूको नेतृत्व र सदस्यको चयन इतरपक्षको केन्द्रीय कार्यसमितिको बैठकबाट यथाशीघ्र टुंगो लगाइने पनि बताए ।
सम्बन्धित समाचार
आर्थिक वर्षान्तमा प्रदेश सरकारमा रमिता
वर्तमान सरकार चौतर्फी असफल, अर्थतन्त्र संकटग्रस्त : आजपा
मुख्यमन्त्री शाहले गरे कांग्रेस सदस्यता अध्यावधिक
यस्ता छन्- मन्त्रिपरिषद् बैठकका ७ निर्णय (सूचीसहित)
‘काँग्रेसले तीन पुस्तालाई सम्मान गरेर अघि बढ्न सक्नुपर्छ’ : भीष्मराज आङ्देम्बे
कांग्रेसमा समानान्तर गतिविधि : संस्थापन ‘रुख जोगाउने’, इतर पक्ष ‘कांग्रेस जोगाउने’
कर्णालीमा नेकपाले एमाले नेतृत्वको सरकार नमान्ने, अविश्वास प्रस्तावको पक्षमा मतदान गर्ने
रास्वपामा संघीय सांसदको स्वकीय सचिव बन्न एकाघरका सदस्य वा नजिकका नातेदारलाई पूर्णरूपमा निषेध (परिपत्रसहित)






