गण्डकी । ‘निम्स दाइ’ को नामले चिनिने विश्वकीर्तिमानी पर्वतारोही निर्मल पुर्जाको निधनमा उनको जन्मथलो म्याग्दीको अन्नपूर्ण गाउँपालिकाले सोमबार शोक बिदा दिएको छ ।
अन्नपूर्ण-३ दानामा जन्मिएका पुर्जाको पाकिस्तानको ‘ब्रड पिक’ आरोहणका क्रममा हिमपहिरोमा परी निधन भएको थियो । गाउँपालिकाका अध्यक्ष भरतकुमार पुनद्वारा आज सार्वजनिक गरिएको सूचनामा पुर्जाको निधनले गाउँपालिका परिवारसहित सिँगो म्याग्दीवासीलाई स्तब्ध र मर्माहत तुल्याएको उल्लेख छ ।
उनको निधनप्रति दुःख व्यक्त गर्दै गाउँपालिकाले सोमबार अत्यावश्यकबाहेक सबै कार्यालय, वडा, स्वास्थ्य संस्था र विद्यालयहरूमा शोक बिदा दिने निर्णय गरेको हो ।
नेपाली पर्वतारोहण क्षेत्रलाई विश्वमाझ नयाँ उचाइमा पुर्याउन, नेपाली पर्वतारोहीहरूको पहिचान र गौरवलाई अन्तरराष्ट्रियस्तरमा स्थापित गर्न तथा साहस, नेतृत्व र समर्पणको अनुपम उदाहरण प्रस्तुत गर्न पुर्जाले पुर्याएको योगदान सदैव स्मरणीय रहने गाउँपालिकाले जनाएको छ ।
पुर्जाको निधनले विश्व पर्वतारोहण समुदायमा अपूरणीय क्षति पुगेको गाउँपालिकाद्वारा जारी सूचनामा उल्लेख छ ।
सम्बन्धित समाचार
लागूऔषधसहित विभिन्न स्थानबाट १७ जना पक्राउ
सिरहा र सप्तरीका एक हजार २०१ परिवारलाई आवास निर्माण
देशका विभिन्न जिल्लाबाट लागुऔषधसहित १९ जना पक्राउ
आज यी ११ प्रमुख राजमार्ग अवरुद्ध
बागमतीका १३ वटै जिल्लाका उद्योग प्रशासन डिजिटल प्रणालीमा
नेपालगञ्जमा एकै दिन छ शालिक अनावरण
‘कञ्चन पत्रकारिता पुरस्कार’ सारूमगर र जिटीलाई






