जनकपुरधाम । मधेस प्रदेशका विभिन्न जिल्लामा ट्रान्सफर्मर चोरीका घटना बढ्दै गएका छन् ।
पछिल्ला पाँच वर्षमा ९९ वटा ट्रान्सफर्मर चोरी भएको नेपाल विद्युत् प्राधिकरण मधेस प्रादेशिक कार्यालय जनकपुरधामका प्रशासन प्रमुख कालिचरण यादवले जानकारी दिए ।
उनले ट्रान्सफर्मरभित्र प्रयोग हुने तामाको तार महँगो मूल्यमा बिक्री हुने भएकाले चोरीको घटना बढेको बताए । महोत्तरीबाट ३५, बारामा १५, धनुषामा १४, रौतहटमा १०, सर्लाही र सिरहामा नौरनौ वटा, सप्तरीमा तीन वटा तथा पर्सामा दुई वटा ट्रान्सफर्मर चोरी भएका हुन् । चोरी भएका ट्रान्सफर्मरको क्षमता १५ केभिएका देखि २०० केभिएका छन् ।
ट्रान्सफर्मर चोरीले किसानलाई प्रत्यक्ष प्रभाव परेको छ । भनेको बेलामा सिँचाइ गर्न नपाएकाले उनीहरू प्रभावित भएका हुन् । कृषकले दोषीलाई शीघ्र पक्राउ गरी नयाँ ट्रान्सफर्मर जडान गर्न सम्बन्धित निकायसँग माग गरेका छन् ।
मधेस प्रदेश प्रहरी कार्यालय जनकपुरधामका प्रहरी नायब महानिरीक्षक ओमप्रसाद अधिकारीले चोरी भएका ट्रान्सफर्मरको खोजी कार्य भइरहेको बताए।
सम्बन्धित समाचार
वडा सदस्यको घरबाट ठूलो परिमाणमा डिएपी मल बरामद
बाढीपहिरो र कटानका कारण विभिन्न राजमार्ग प्रभावित
गेटा विश्वविद्यालयः एकातिर संशय, अर्कातिर उत्साह
सामुदायिक संवेदनशीलता व्यवस्थापनमा सुरक्षा निकायको गम्भीर लापरवाही
एकैपटक नारायणी अस्पतालका सबै चिकित्सकले किन दिए राजीनामा ?
सुनसरी अझै अशान्त, सद्भाव कायम गर्न अपिल
सहकार्यमा जुटे ७ दल, ‘अग्रगामी मोर्चा’को गृहकार्य
बझाङ–बनलेक ४०० केभी क्षमताको प्रसारण लाइन निर्माण हुने






