काठमाडौं । पछिल्ला दिनमा आफ्नै पार्टी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसदहरूले समेत प्रतिनिधिसभा बैठकमका आफ्नो चर्काे आलोचना गर्न थालेपछि प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले शुक्रबार अबेर राति सामाजिक सञ्जालमार्फत त्यसप्रति असन्तुष्टि जनाएका छन् ।
रास्वपा वरिष्ठ नेतासमेत रहेका प्रधानमन्त्री शाहले शुक्रबार राति ११ बजेर ६ मिनेटमा फेसबुकमा स्टाटस लेख्दै आफूलक्षित रास्वपा सांसदहरुका गतिविधिप्रति असन्तुष्टि जनाउँदै कहिलेकाहीँ एक्लै लड्नुपर्ने अवस्था आउने पनि बताएका छन् । उनले सही समय आउन केही समय लाग्ने र सुनेको र देखेको भन्दा वास्तविकता फरक हुने बताएका छन् ।
‘केही समय लाग्छ, सही समय आउनलाई । ढिला होला, तर गलत हुँदैन । नआत्तिनुहोस् । सुनेको र देखेकोभन्दा वास्तविकता कहिलेकाहीँ फरक हुन सक्छ,’ आम नागरिकलाई नआत्तिन आग्रह गर्दै प्रधानमन्त्री शाहले भनेका छन्, .‘कहिलेकाहीँ एक्लै लड्नुपर्छ । यो पहिलोचोटि होइन ।’
प्रधानमन्त्री शाहले यो पोस्ट गरेकै दिन शुक्रबार प्रतिनिधिसभा बैठकमा सत्तारुढ दल रास्वपाकै सांसद मनिष झालगायतले राज्य सञ्चालनमा सरकारले ढंग पु¥याउन नसकेको टिप्पणी गरेका थिए ।
झाले राज्य सञ्चालनमा सरकारले ढंग पु¥याउन नसकेको टिप्पणी गरेका थिए । प्रतिनिधिसभाको शुक्रबारको बैठकमा बोल्दै उनले सरकारको राज्य सञ्चालनप्रतिको नियत र सरकारको इमानदारीमाथि कुनै शंका नभएपनि राज्य सञ्चालनलाई अझै प्रभावकारी बनाउनुपर्ने बताएका थिए । उनले राज्य सञ्चालन, लोकतन्त्रको रक्षा र संविधान संरक्षणका लागि राज्यप्रतिको भरोसा र राष्ट्रप्रतिको आत्मविश्वासलाई सरकारले मूलमन्त्र बनाउनुपर्ने बताएका थिए ।
उनले भनेका थिए, ‘अहिले राज्य सञ्चालन र लोकतन्त्रको रक्षा तथा संविधानको संरक्षणमा के मुलमन्त्र आवश्यक छ भनेर हेर्दाखेरी मलाई के लाग्छ भने राज्यप्रतिको भरोसा र राष्ट्रप्रतिको आत्मविश्वास। यो दुई वटा कुरालाई मुलमन्त्र बनाएर हामीले राज्य सञ्चालनदेखि सबै कुराहरु त्यसमा केन्द्रित गर्यो भने हामी केही हासिल गर्न सक्छौँ ।’
नेता झाले आफूलाई सबै कुरा थाहा छ भन्ने सोचले राज्य सञ्चालनमा समस्या निम्त्याउन सक्ने भन्दै अज्ञानता स्वीकार गरेर सिक्ने संस्कारको विकास गर्नुपर्नेमा समेत जोड दिएका थिए ।
उनले भनेका थिए, ‘अहिलेको कुरामा इन्टिग्रिटीको प्रश्न छैन । कुनै शंका पनि छैन । इन्टेन्सनमा पनि कुनै प्रश्न छैन । तर कता कता ढंग नपुगेको हो कि जस्तो लाग्छ । र त्यो स्वीकार्नुपर्छ । तपाईंलाई के थाहा छैन भन्ने’bout पनि तपाईलाई थाहा छैन भने साच्चिकै तपाईंलाई केही थाहा छैन । त्यसकारण आफूलाई थाहा नभएको कुरा जान्नुपर्दछ र त्यो कुरा सिक्नुहुन्छ । जुन दिन सोच्नुहुन्छ कि तपाईंलाई सबै कुरा थाहा छ त्यो दिन तपाईं मृत्यु समान हुनुहुन्छ ।’
सम्बन्धित समाचार
अस्तित्वका लागि मिल्दै वामपन्थी
‘जाक्दिन्छु समाएर अनि थाहा हुन्छ’: सांसद केपी खनाल
देवानगञ्ज घटनामा गोली चल्नुपर्ने अवस्थावारे गगन थापाको प्रश्न, निष्पक्ष छानबिनको माग
सुनसरी घटना समाधान गर्न प्रधानमन्त्रीले विशेष र यथेष्ट पहल गरिरहेको अर्थमन्त्री डा. वाग्लेको जिकिर
सर्वदलीय बैठक : सद्भाव कायम गर्न ७ बुँदे संयुक्त अपिल (पूर्णपाठ)
पत्रकारको प्रश्नमा किन रिसाए प्रचण्ड ?
कांग्रेस आधिकारिकताको सुनवाई पूर्ण इजालसमा
संसद् छिर्यो न्यायाधीशमाथिको ‘महाअभियोग त्रास’






