रास्वपा सभापति लामिछानेले बोलाए केन्द्रीय समिति बैठक

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले केन्द्रीय समिति बैठक बोलाएका छन् ।

रास्वपा केन्द्रीय कार्यालय वनस्थलीमा भदौ ५ गते केन्द्रीय समिति बैठक बस्ने भएको हो । बैठकमा पदाधिकारी तथा केन्द्रीय सदस्य मनोनयनसम्बन्धी प्रस्ताव पेस गरी पारित गर्ने तयारी गरिएको छ ।

रास्वपामा एक उपसभापति, एक महामन्त्री, एक सहमहामन्त्री, एक प्रवक्ता, तीन सहप्रवक्ता, एक कोषाध्यक्ष र दुई सहकोषाध्यक्ष मनोनयन गर्न बाँकी छ ।

त्यस्तै २७ जना सचिवालय सदस्य र ५१ जना केन्द्रीय सदस्यसमेत मनोनयन गर्ने तयारी छ । बैठकमा सहभागी हुन केन्द्रीय सदस्यहरूलाई जानकारी गराइसकिएको रास्वपाले जनाएको छ ।

यसअघि साउन १३ गते बसेको रास्वपा केन्द्रीय समिति बैठकले बालेन्द्र शाहलाई वरिष्ठ नेता बनाउने प्रस्ताव पारित गरेको थियो ।

तपाइको प्रतिक्रिया
(Visited 48 times, 1 visits today)

epaper

ताजा समाचार

रास्वापा सभापति लामिछानेले बोलाए केन्द्रीय समिति बैठक